२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला

२०७८, १७ जेष्ठ सोमबार ०२:४४

जेठ १७, काठमाडौं । क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो ।

ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको छ । सन् १९७८ मा यो विद्यालय बन्द भएको थियो । स्थानीय सरकारले सो चिहान बिहीबार फेला परेको बताएको हो ।

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्– ‘यो दुःखद् स्मृति हाम्रो मुलकको इतिहासकै एक लज्जास्पद अध्याय हो ।’स्थानीय प्रशासनले संग्रहालय विशेषज्ञको सहयोगले तिनीहरूको मृत्युको समय र कारण पत्ता लगाउने काम भइरहेको जनाएको छ ।

ब्रिटिस कोलम्बियाको शहर क्याम्लुप्सका प्रमुख राजान्ने क्यासिमिरले उक्त विद्यालयको प्रशासनले कहिल्यै पनि त्यति ठूलो सङ्ख्यामा विद्यार्थी वेपत्ता भएको विवरण तथा तथ्यांक राखेको नपाइएको बताएका छन् । १९ र २०औं शताब्दीमा आदीवासी युवाहरूलाई शिक्षित बनाउन आवासीय विद्यालयहरू अनिवार्य गरिएको थियो । त्यस्ता विद्यालयहरू सरकार आफैं वा धार्मिक निकायहरूले सञ्चालन गर्ने गर्थे ।

क्याम्लुप्स इन्डियन आवासीय विद्यालय सन् १८९० मा रोमन क्याथोलिक प्रशासनअन्तर्गत खोलिएको थियो । ५० को दशकमा यसको विद्यार्थी सङ्ख्या पाँच सयसम्म पुगेको थियो । सन् १९६९ मा केन्द्रीय सरकारले यसको सञ्चालनको जिम्मेवारी सम्हालेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ