२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण

२१ जेष्ठ २०७८, शुक्रबार १५:५५

पूर्णप्रसाद न्यौपाने, जेठ २१, ओखलढुङ्गा (रासस) ।  राष्ट्रिय पुनः निर्माण प्राधिकरणले ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालोपत्रेको काम सकेर प्राधिकरणले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । 

प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङको प्रमुख आतिथ्यतामारुम्जाटारमा आयोजित कार्यक्रमबीच प्राधिकरणका जिल्ला आयोजना कार्यान्वयन इकाईले प्रदेश सरकारलाई उक्त आयोजना जिम्मा लगाएको हो । 

गत ३० डिसेम्बर २०१८ मा तामाङ कुमार जेभीले कालोपत्रेको सम्पूर्ण काम ३० मे २०१९ सम्ममा काम सक्नेगरि ठेक्का लिएको थियो । पटक पटक म्याद थप र स्थानीयको दवावपछि ठेकेदार कम्पनीले काम सकेको थियो । 

भ्याटसहित २० करोड ६८ लाख १४ हजार ९ सय १८ रुपैयाँ ९२ पैसामा कालोपत्रे गरिएको उक्त सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध र सरोकारवालाको खवरदारी पछि ठेकेदारले सडक मर्मत गरेको थियो । 

उक्त आयोजनालाई तत्काल सुधार गरिने प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले बताउनुभयो । आयोजना हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले ठेकेदारले राम्रो काम नगर्दा सर्वाधिक महत्वको सडक विकास दिगो नभएको भन्दै यसलाई सुधार गर्न आफूले तत्काल योजना अघि बढाउने बताउनुभयो ।

यसअघि संघ सरकार अन्तरगतको पुनर्निर्माण प्राधिकरणले यो आयोजना हेरिरहेकाले प्रदेश सरकारको क्षेत्राधिकार भित्र नपर्दा गुणस्तरीय कामका लागि आफुले ताकेता गर्न नमिलेको बताउँदै तत्काल सडक सुधारको काम थालिने मन्त्री गुरुङको भनाई छ ।

पुननिर्माण प्राधिकरण अन्तर्गत गुणस्तरीय काम नभएकाले प्रदेश सरकारले जिम्मा लिनुपरेको मन्त्री गुरुङको भनाई थियो । जिल्लाका अधुरा योजनाको तिव्रता र गुणस्तरहीन संरचनाको सुधारमा आफू निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

भूकम्प प्रभावित जिल्लामा सञ्चालित आपतकालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत ओखलढुंगा–रुम्जाटार सडक कालेपत्रे गरिएको थियो । उक्त परियोजना अन्तरगत ओखलढुंगा–रामपुर–लप्सेफेदी सडक आयोजनाको काम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? ‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’