2026-10-03 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

कर्मचारीलाई कार्यक्षेत्र नछोड्न मन्त्री नेम्बाङको निर्देशन

कमल घिमिरे। २६ जेठ । पाँचथर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री  वसन्तकुमार नेम्बाङ्गले मातहतका कर्मचारीहरुलाई सामान्य अवस्थामा एकदिन पनि कार्यक्षेत्र नछोड्न निर्देशन दिनुभएको छ ।

 मंगलबार र बुधबार दुईदिन चलेको भर्चुअल नियमित समिक्षा गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले कार्यालय प्रमुखहरु नियमित कार्यक्षेत्रमा रहँदा त्यसको सकारात्मक प्रभाव कार्यप्रगतिमा देखिने भन्दै यस्तो निर्देशन दिनुभएको हो । 

उहाँले यस बर्ष मनसुन चाडो हुने पूर्वानुमान भएकोले त्यसबाट राजमार्गहरुमा आउन सक्ने अवरोधहरु व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘यस पटक मनसुन चाडो हुने पूर्वानुमान गरिएको छ । मनसुनका कारण राजमार्गहरु अवरुद्ध हुदाँ समयमै व्यवस्थापन गर्न सकेनौ भने जनजीवन प्रभावित हुन्छ । नागरिकले कष्ट पाउँछन् । अवरोध हुन सक्ने देशैभरका सम्भावित स्थानहरुमा इक्विपमेण्टहरु तैनाथ गर्नुहोला । हामीसंग उपलब्ध इक्विपमेण्ट अपुग भए भाडामा लिएर भएपनि व्यवस्थापन गर्नुपर्छ । ‘

उहाँले नयाँ आयोजना निर्माणका साथै राजमार्ग मर्मत संभारलाई समेत विशेष ध्यान दिनुपर्ने भन्दै राजमार्गहरु खाल्डाखुल्डी रहित बनाउनु पर्ने बताउनु भयो । 

उहाँले प्रगति विवरणहरु आशातित नभएपनि उत्साहजनक भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘प्रगति विवरणहरु आशातित नभएपनि उत्साहजनक छ । आर्थिक बर्षको अझै केहिदिन बाँकी छ । प्रगति प्रतिशत बढाउन अधिकतम प्रयत्न गर्नु होला । ‘

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले समेत धारणा राख्नु भएको थियो । 

गोष्ठीमा सडक डिभिजन प्रमुखहरुले हालसम्मका आर्थिक, भौतिक प्रगति तथा बेरुजु फस्यौटको अवस्थाबारे प्रस्तुती राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने