२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

३० जेष्ठ २०७८, आईतवार ०२:१०

जेठ ३०, डोटी | जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो । 

जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले २० वर्ष नपुगेकी निज बालिकाको विवाह भएको भन्दै रद्द गराइपाउन जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि छानबिनपश्चात उक्त विवाह बालविवाह भएको देखिएकाले बदर गरिएको हो ।

विवाहलाई बदर गरी बालिकालाई आफन्तको जिम्मा लगाएको नगरस्तरीय बाल सञ्जालका संयोजक अनिस सेनले जानकारी दिनुभयो । कानूनीरूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गरे बालविवाहअन्तरगत पर्ने भएकाले बदर गर्न उजुरी परेपछि उक्त विवाह बदर गरी कानूनविपरीत विवाह गर्ने गर्नेलाई कानूनबमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह गरिएको उजुरीपछि हामीले विवाह बदर गरेका छौँ, जान्दा जान्दै कानूनविपरीत विवाह गर्नेलाई कारवाही हुन्छ ।”

जिल्लामा पछिल्ला वर्षमा सानै उमेरमा छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्दै बालविवाह गर्ने चलन अझै कायमै रहेका कारण बालविवाहले प्रश्रय पाएको स्थानीयवासी दीपक थापाले बताउनुभयो । पुण्यका नाममा जिल्लामा बालविवाह बढ्न थालेपछि यहाँका स्थानीय तहले बालविवाह अन्त्य गर्ने भन्दै रणनीतिक योजना तयार गरी लागु गरेको भए पनि उक्त योजना यहाँका गाउँघरमा लागु हुन सकेको छैन । बालविवाह गर्नेलाई कानूनी दायमा ल्याउन नसकेका कारण बालविवाह जस्ताको तस्तै अवस्थामा रहेको सामाजिक क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्थाको बुझाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने