२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमण दर घटेकै हो त ?

२०७८, ३ असार बिहीबार ०२:४१

असार ३, काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ ।

सोहीअवधिमा ३ सय ७९ संक्रमितको मृत्यु भएको छ । हाल देशका ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, धनुषा, चितवन, सुर्खेतमा संक्रमण दर तुलनात्मक रूपमा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यद्यपि, ती जिल्लामा पनि संक्रमितको संख्या क्रमिक रूपमा घट्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १५ हजार २ सय ३८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ७ सय ४९, शुक्रबार १५ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा ५ हजार ५ सय ८४ जनामा संक्रमण देखिएको थियो ।

यस्तै गत शनिबार १४ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएको छ । गत आइतबार १२ हजार ४ सय ६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ७, सोमबार १४ हजार ८ सय १९ जनाको कोरोना परिक्षण गर्दा २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर