२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

२०७८, ३ असार बिहीबार ०४:४५

असार ३, चितवन (रासस) । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डिसिएमसि)को बुधबार सम्पन्न बैठकले आज रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो । 

निषेधाज्ञा थप गर्दा यसअघि जारी आदेशलाई निरन्तरता दिएको छ । आदेशले डिपार्टमेन्ट स्टोर्स खुल्न पाउने उल्लेख गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले खाद्यान्न विक्री वितरण गर्ने डिपार्टमेन्ट स्टोर्स खोल्न दिने निर्णय भएको जानकारी दिनुभयो । यसअघिको निषेधाज्ञालाई नै यथावत राखिए पनि डिपार्टमेन्टल स्टोर्सका हकमा केही खुकुलो बनाइएको छ । पुस्तक पसल स्वास्थ्य मापदण्डको पालना गर्दै खोल्नुपर्ने आदेशमा उल्लेख छ । मृत्यु संस्कारमा जाँदा २५ जना भन्दा बढी सहभागी नहुन, रासायनिक मल तथा कृषि बीउबिजन विक्री वितरण गर्ने पसल सञ्चालन गर्न पाइने जनाइएको छ । सवारी साधन मर्मत केन्द्रमा तीनजना भन्दा बढी नराखी काम गराउनुपर्ने जनाइएको छ । 

चितवनमा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ । जिल्लामा हालसम्म १५ हजार १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ४२९ जना सक्रिय सङ्क्रमित हुन् । सक्रिय सङ्क्रमितमध्ये १२९ को अस्पतालमा उपचार भइरहेको छ भने अन्य सार्वजनिक आइसोलेशन तथा होम आइसोलेशनमा रहेका छन् । कोरोनाका कारण यस जिल्लामा २५२ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस