२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घट्यो कोरोना संक्रमण

२०७८, ६ असार आईतवार ०२:५४

असार ६, काठमाडौं । निषेधाज्ञाअघि कोरोना संक्रमितको अस्पतालमा चाप थामिनसक्नु थियो। अक्सिजन हाहाकार थियो। त्यो क्रम क्रमशः घट्दै निकै ओरालो लागेको छ। समग्र र तराईमा घटे पनि पहाडको स्थिति उस्तै छ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा सुदूरपश्चिमका ६ वटामध्ये चार पहाडी छन्। उक्त प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, अछाम र डोटीमा ५ सयभन्दा बढी संक्रमित उपचारार्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा उदयपुर, संखुवासभा, ओखलढुंगा, पाँचथर र खोटाङमा संक्रमितहरू बढेका छन्। मन्त्रालयका अनुसार यी जिल्लामा २ सयभन्दा बढी संक्रमित उपचाररार्थ छन्। घना जनसंख्या रहेका मोरङ, सुनसरी र झापामा भने ५ सयभन्दा बढी छन्। 

त्यस्तै बागमती प्रदेशका सबैजसो जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। तिनमा मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, काठमाडौं, ललितपुर, भक्तपुर छन्। रसुवामा मात्र २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। 

गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ र बाग्लुङमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। बाग्लुङमा संक्रमण उच्च देखिएको छ। यहाँ पछिल्लो चौबीस घण्टामा २ सय २५ जना नयाँ संक्रमित पुष्टि भएका छन्। लमजुङ, स्याङ्जा, पर्वत र म्याग्दी जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी छ। त्यस्तै म्याग्दीमा ७० जना संक्रमित थपिएका छन्।

लुम्बिनी प्रदेशको हट स्पट मानिएको बाँके जिल्लामा पछिल्लो चौबीस घण्टामा एक जना नयाँ संक्रमित थपिएका छन्। पहाडी जिल्ला गुल्मीमा भने १४ जना नयाँ संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ। यहाँ पाल्पा र रोल्पामा मात्रै ५ सयभन्दा बढी सक्रिय संक्रमितहरू छन्। गुल्मी र अर्घाखाँचीमा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। 

प्रदेश २ मा ५ सयभन्दा बढी सक्रिय  संक्रमित रहेका जिल्ला ६ वटा छन्। तिनमा धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी र सिराहा हुन्। रौतहट र सर्लाहीमा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

कर्णाली प्रदेशका सुर्खेत र दैलेखमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। त्यस्तै सल्यान, रुकुम पश्चिम र जुम्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। पछिल्लो चौबीस घण्टामा रुकुम पश्चिम र जुम्लामा गरी १७ जना संक्रमित थपिएका छन्।

प्रदेश १ का तराईका जिल्लामा भने संक्रमण अधिक देखिन्छ। मोरङ, सुनसरी र झापामा दैनिक संक्रमितको संख्या एक सय नाघेको छ। प्रदेश २ को संक्रमण दर घटेको पाइएको छ। यस प्रदेशमा संक्रमितको संख्या ह्वात्तै घट्दै गएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर