2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मिराई ग्लोबलद्वारा मुगुमा स्वास्थ्य सामग्री तथा राहत वितरण

असार ६, मुगु | मिराई ग्लोबल एजुकेसन एन्ड भिसाका तर्फबाट नेपालको कर्णाली प्रदेशमा अवस्थित विकट जिल्ला मुगुलाई कोविड राहत स्वरुप खाद्यान्न सामग्री वितरण भएको छ । 

अहिले विश्व नै कोभिड महामारीले आक्रान्त पारिरहेको अवस्थामा प्राय व्यापार व्यवसाय ठप्प भए पनि ‘व्यवसाय वा नाफा भन्दा माथि हरेक व्यक्तिको ज्यान, स्वस्थ उपचार सेवा पाउनु र बाँच्न पाउनु सबैको अधिकार हो’ भन्ने सोचले उत्प्रेरित  भएर सहयोग गरिएको मिराई ग्लोबलका मेनेजिङ डिरेक्टर उमेश खड्काले बताए । साथै उनले कुनै पनि पेशा वा व्यापार व्यवसायलाई परोपकारसंग जोड्नु अत्यन्त महत्वपूर्ण रहेको भन्दै आफू बिदेशमा रहेता पनि आफ्नो जन्मभूमि तथा अस्ट्रेलियामा रहेका कुनै पनि नेपाली समुदायका व्यक्तिमा आईपरेको विपतको बेलामा आफू र आफ्नो संस्थाले सदैव सहयोग गर्न तत्पर रहेको बताएका छन् । 

उनले राहत र सहयोग सुविधा सम्पन्न विकशित ठाउँमा भन्दा पनि विकट र साच्चिकै आवश्यकता भएको ठाउँसम्म पुर्याउनुपर्छ भन्ने विचारले मुगु जिल्लामा सहयोग गर्न छनोट गरेको जानकारी दिए । राहत अभियानमा खटिएका अनिल बानिया र टिमलाई समेत खड्काले धन्यबाद दिएका छन् । मिराई ग्लोबलका चिफ अपरेटिगं अफिसर रेशम सिग्देलले यो बेला आफु सचेत भै बस्न सबैलाई आग्रह गर्नुको साथै यो सहयोगमा जोडिन पाउदा खुसीलागेको अबगत गराए ।

मिराई ग्लोबलले सय बोरा चामल, २ हजार ५ सय माक्स, २० लिटर सेनिटाइजर, २ पिस अक्सिमिटर र ५० पिस पिपिइ सेट सहयोग गरेको छ । 

मीराई ग्लोबल एजुकेसन एण्ड भिजाले विगत पाँच वर्षदेखि अस्ट्रेलियाको ब्रिसबेन सहरमा स्थापित भई हाल नेपालमा दुइवटा शाखा र श्रीलंकामा एक गरी चार वटा शाखा सञ्चालन गर्दै आइरहेको छ । यसका मेनेजिङ डिरेक्टर उमेश खड्का गैर नेपाली संघ अष्ट्रेलियाको उपाध्यक्ष समेत हुन् र हाल अस्ट्रेलियामाको बिर्जवेनमा बसोबास गर्दै आफ्नो व्यवसायका साथै सामाजिक कार्यमा सक्रिय छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो