2026-10-26 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मिराई ग्लोबलद्वारा मुगुमा स्वास्थ्य सामग्री तथा राहत वितरण

असार ६, मुगु | मिराई ग्लोबल एजुकेसन एन्ड भिसाका तर्फबाट नेपालको कर्णाली प्रदेशमा अवस्थित विकट जिल्ला मुगुलाई कोविड राहत स्वरुप खाद्यान्न सामग्री वितरण भएको छ । 

अहिले विश्व नै कोभिड महामारीले आक्रान्त पारिरहेको अवस्थामा प्राय व्यापार व्यवसाय ठप्प भए पनि ‘व्यवसाय वा नाफा भन्दा माथि हरेक व्यक्तिको ज्यान, स्वस्थ उपचार सेवा पाउनु र बाँच्न पाउनु सबैको अधिकार हो’ भन्ने सोचले उत्प्रेरित  भएर सहयोग गरिएको मिराई ग्लोबलका मेनेजिङ डिरेक्टर उमेश खड्काले बताए । साथै उनले कुनै पनि पेशा वा व्यापार व्यवसायलाई परोपकारसंग जोड्नु अत्यन्त महत्वपूर्ण रहेको भन्दै आफू बिदेशमा रहेता पनि आफ्नो जन्मभूमि तथा अस्ट्रेलियामा रहेका कुनै पनि नेपाली समुदायका व्यक्तिमा आईपरेको विपतको बेलामा आफू र आफ्नो संस्थाले सदैव सहयोग गर्न तत्पर रहेको बताएका छन् । 

उनले राहत र सहयोग सुविधा सम्पन्न विकशित ठाउँमा भन्दा पनि विकट र साच्चिकै आवश्यकता भएको ठाउँसम्म पुर्याउनुपर्छ भन्ने विचारले मुगु जिल्लामा सहयोग गर्न छनोट गरेको जानकारी दिए । राहत अभियानमा खटिएका अनिल बानिया र टिमलाई समेत खड्काले धन्यबाद दिएका छन् । मिराई ग्लोबलका चिफ अपरेटिगं अफिसर रेशम सिग्देलले यो बेला आफु सचेत भै बस्न सबैलाई आग्रह गर्नुको साथै यो सहयोगमा जोडिन पाउदा खुसीलागेको अबगत गराए ।

मिराई ग्लोबलले सय बोरा चामल, २ हजार ५ सय माक्स, २० लिटर सेनिटाइजर, २ पिस अक्सिमिटर र ५० पिस पिपिइ सेट सहयोग गरेको छ । 

मीराई ग्लोबल एजुकेसन एण्ड भिजाले विगत पाँच वर्षदेखि अस्ट्रेलियाको ब्रिसबेन सहरमा स्थापित भई हाल नेपालमा दुइवटा शाखा र श्रीलंकामा एक गरी चार वटा शाखा सञ्चालन गर्दै आइरहेको छ । यसका मेनेजिङ डिरेक्टर उमेश खड्का गैर नेपाली संघ अष्ट्रेलियाको उपाध्यक्ष समेत हुन् र हाल अस्ट्रेलियामाको बिर्जवेनमा बसोबास गर्दै आफ्नो व्यवसायका साथै सामाजिक कार्यमा सक्रिय छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने