2026-10-03 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगर महानगरपालिकाद्वारा स्वास्थ्य सहयोग गर्न आह्वान

असार ६, मोरङ (रासस)। विराटनगर महानगरपालिकाले  कोरोना भाइरसबाट उत्पन्न स्वास्थ्य समस्यालाई सम्बोधनका लागि सहयोग पुर्याउन अन्तर्राष्ट्रिय निकायलाई आह्वान गरेको छ  । सङ्घीय र प्रदेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि खोप सहित अन्य स्वास्थ्य सामग्री सहज रुपमा उपलब्ध गराउन नसकेको जनाउँदै महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएका अन्तर्राष्ट्रिय सहर र विभिन्न दातृ  संस्थासँग सहयोगको  अपिल गरेको हो । 

शनिबार सञ्चारकर्मीसँग भर्जुअल छलफलमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारले स्थानीय तहमा जनघनत्व अनुसार खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा समस्या भएको बताए । उनले भने, “खोप खरिदका लागि सङ्घीय सरकारको अनुमति आवश्यक हुने हुँदा खरीद प्रक्रियामा अघि बढ्न सकिएको छैन । सरकारले उपलब्ध गराएको खोप पनि अपुग छ । जनगुनासो बढ्दो छ । यसकारण खोप ल्याउन सरकारले सहज वातावरण बनाउन  आवश्यक छ ।”

विगतमा  महानगरपालिकासँग प्रत्यक्षरुपमा काम गरेका र लामो समयदेखि सम्बन्ध भएका देश, भगिनी सम्बन्ध कायम भएका र हुन गइरहेका शहर तथा अन्तर्राष्ट्रिय संस्थाहरु राष्ट्रसंघीय विकास कार्यक्रम, करुणा फाउन्डेसन नेपाल, हेल्थ इन्भाइरोन्मेन्ट एन्ड क्लाइमेट एक्शन फाउन्डेसन, रोटरी क्लब इन्टरनेशनल र निजी क्षेत्रले अत्यन्तै सहयोग गरेकामा प्रमुख पराजुलीले  प्रशंसा  गरे ।

यस्तै महानगरले एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोभिडको नयाँ भेरियन्ट महानगरपालिकामा समुदायस्तरमा फैलिएको र तेस्रो चरणको समेत भेरियन्ट आउने सम्भावनालाई दृष्टिगत गरी  ती सस्थालाई विगतमा जस्तै सहयोग आह्वान गरेको छ ।

ती निकायलाई अति आवश्यक स्वास्थ्य सामग्री अक्सिजन, कन्सन्ट्रेटर, भेन्टिलेटर, भिटिएम, एन्टीजेन किट, अक्सिमिटरसहित खोप प्रबन्धका गर्न अपिल गरेको छ । महानगरप्रमुख पराजुलीले महानगरले गरेको अपीललाई अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुले सहयोग गर्नेमा आशावादी रहेको बताउँदै विगतका दिनहरुमा पनि ती संस्था र राष्ट्रले गरेको योगदानको  स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने