अछाममा अन्तराष्ट्रिय युवा दिवस भब्य रुपमा मनाईयो

Posted on: 12 Aug, 2016

कमल रावल | साउन २८, अछाम | अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सीनाले युवा वर्गका लागि जिल्लामा सबै सरोकारवालाले नयाँ रणनीति सहित कुनै न कुनै योजना ल्यायर अगि बढ्नुपर्ने बताँउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवस २०७३ को अवसरमा मंगलसेनमा भएको अन्र्त्क्रिया कार्यक्रममा प्रमुख अतिथीको आशनवाट बोल्दै प्रजिअ शर्माले देश विकास र आर्थिक समृद्धिका लागि युवा बिदेश पलायनलाई निरुत्साहित गर्दै अगि बढ्नु आवस्यक रहेको बताँउनुभयो । 

स्वदेशमै युवालाई केन्द्रित गरेको खण्डमा मात्रै देश विकास र राष्ट्रिय उत्पादनमा बढावा हुने उल्लेख गर्नुभयो । यस्तै बिशिष्ट अतिथी स्थानिय विकास अधिकारी शिव प्रसाद हुमागाईले विकासको ठुलो हस्ति युवा भएकाले विकासका लागि युवा पलायन रोक्नुपर्ने र युवा नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । अन्र्त्क्रियामा एमालेका जिल्ला सचिवालय सदस्य भिम जनाला, नेकपा माओवादीका निरक शाही, अन्र्तपाटी महिला संजालका अध्यक्ष सरस्वती रावल, पत्रकार महाँसंघका सचिव शिवराज ढुंगाना, गैसस महाँसंघका अध्यक्ष खडक खड्का जिल्ला युवा संजालका अध्यक्ष होम साउद लगायतका अतिथीले मन्तब्य राख्दै युवाको पक्षमा बनेका ऐन नियम र कार्यक्रमहरु प्रभावकारी कार्यानवयनको आवस्यकता औंल्यायका थिए । अन्तरक्रियाको अध्यक्षता जिल्ला युवा समितीका अध्यक्ष मिना साउदले गर्नुभएको थियो भने जिविसका पवित्रा भण्डारीले सञ्चालन गर्नुभएको थियो । यस्तै UNFPA का भरत गोतामले युवा दिवस र युवा सम्वन्धिको प्रस्तुतीकरण पनि राख्नुभएको थियो । जिविस, UNFPA अछामको सहयोग र जिलला युवा समिती अछामको आयोजनामा मनाईएको युवा दिवस मा त्यसअगि बिभिन्न नारा लेखिएका प्लेकार्ड सहित र्याली र बजार परिकर्मा गरिएको थियो ।


जिल्ला युवा संजालले यसरी मनायो अन्तराष्ट्रिय युवा दिवस.....

गरिबी उन्मुलनमा युवा प्रतिबद्धता, दीगो उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने मुल नारा सहित अन्तराष्ट्रिय युवा दिवस २०७३ अछाममा भब्य रुपमा मनाईएको छ । 

जिल्ला युवा संजाल अछामको आयोजनामा जिल्ला सदरमुकाम मंगलसेन सहित बिभिन्न ईलाकामा दिवस मनाईएको हो । जिल्ला युवा संजाल अछामको आयोजना, जिविस/UNFPA अछाम र रेष्टलेस डिभलोपमेण्ट पिसविन अछामको सहयोगमा अछामको विकासका लागि युवाहरुको भुमिका बिषयक मंगलसेन नगरपालिका अन्र्तगतको अन्र्तमावि स्तरि बक्तित्वकला प्रतियोगीता गरिएको छ । संजालका जिल्ला अध्यक्ष होम साउदको अध्यक्षता र अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सीनाको प्रमुख आथित्यतामा गरिएको प्रतियोगीतामा षोडशा उच्च मावि मंगलसेनका प्रेम खड्काले प्रथम स्थान हाासिल गर्नुभयो । प्रतियोगीतामा जाल्पा मावि जनालिवण्डालीका प्रमिला ढुंगाना दृतिय, दिपशिखा ईङ्लीस बोर्डीङका टंक तिमिल्सिना तृतिय र गंगा मावि जनालिवण्डालीका प्रकाश भण्डारी सान्त्वना हुनुभएको थियो । प्रतियोगीतामा षोडशा उच्च मावि मंगलसेन, कालिका उच्च मावि जुपु, मंगला ने रा उच्च मावि ओलिगाँउ, कुन्ति मावि कुन्तिवण्डाली, जाल्पा मावि जनालिवण्डाली, गंगा मावि जनालिवण्डाली र दिपशिखा ईङ्लिस बोर्डिङ स्कुल मंगलसेनका एक छात्र र एक छात्रा गरी जम्मा १४ जनाले सहभागिता जनाएका थिए । बिजेता बिद्यार्थि र सहभागि सबैलाई आयोजकवाट प्रदान गरिएको पुरस्कार र प्रमाणपत्रहरु प्रमुख अतिथी प्रजिअ कोशलराज शर्मा लगायतका अतिथीहरुले बितरण गर्नुभएको थियो । 

उक्त कार्यक्रममा अछामका स्थानिय विकास अधिकारी शिवप्रसाद हुमागाई र जिल्ला युवा समिती अछामका अध्यक्ष मिना साउद बिशिष्ट अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य डम्मर बिसी, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य मदन भुल, रेष्टलेस डेभलपमेण्टका फुलाराम चौधरी लगायतका अतिथीहरुले मन्तब्य राख्नुभएको थियो । प्रतियोगीताको सुरुमा युवा दिवसको उद्देश्य, औचित्य र समग्र युवाका विषयमा ग्ल्ँएब् अछामका प्रमुख भरत गोतामेले प्रस्तुतीकरण राख्नुभएको थियो भने स्वागत संजालका उपाध्यक्ष मेनुका ढुंगाना र संचालन सचिव कमल रावलले गर्नुभएको थियो ।

युवाको क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान...........

 जिल्ला युवा संजाल अछामले अछामी युवाको समग्र विकास र जिल्ला युवा संजालको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुगाएको भन्दै २ जना युवालाई बिशेष सम्मानीत गरेको छ । 

जिल्लामा रहेर युवाको पक्षमा महत्वपूर्ण सहयोग गर्ने र सुझाव सल्लाह सहित युवालाई संगठीत, रचनात्मक बनाउन पुर्यायको योगदानको उच्च कदर गर्दै संयुक्त राष्ट्रसंघिय जनसंख्या विकास कोष UNFPA अछामका प्रमुख भरत गोतामे तथा युवालाई संगठीत गर्दै सबैलाई युवा संजालमा गोलबद्ध गर्न र संजाललाई यो उचाई सम्म पुर्याँउन उल्लेखनिय योगदान पुगाएको भनदै संजालकै पूर्व अध्यक्ष मदन कुमार भुललाई सम्मान गरिएको हो । दुवै जनालाई अविर, खादा र सम्मानपत्रद्धारा अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले सम्मानित गर्नुभयो । सम्मानित भईसकेपछि दुवैजनाले अछामी युवाहरुको समग्र विकासका लागि थप काम गर्ने हौसला मिलेको बताएका छन । आगामि दिनमा अछामको युवा संजालले गरेका कार्यको सबै ठाँउमा सन्देश पुर्याँने प्रतिबद्धता उनिहरुको रहेको छ । यस्तै संजालले जिल्ला प्रशासन अछाम र जिविस अछामलाई पनि प्रमाणपत्रद्धारा सम्मान गरेको छ । संजाललाई अगाडी बढ्न हरेक तह र तप्कावाट सहयोग गरेको भन्दै २ वटै कार्यालयलाई संस्थागत सम्मान गरिएको हो ।


बिभिन्न ईलाकामा पनि रचनात्मक कार्यक्रम...

अन्तराष्ट्रिय युवा दिवसकै अवसरमा ईलाका नम्वर १ अन्र्तगतको पायलमा पनि र्याली, बजार सरसफाई सहित बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

पायल युवा संजालको आयोजना र जिल्ला युवा संजाल, ईलाका युवा संजाल ईलाका नम्वर १ को समन्वयमा दिवस मनाईएको हो । दिउसो भएको साँस्कृतिक कार्यक्रममा, पायल युवा संजाल र सुनौलो बिहानी बालक्लव पायलका कलाकारहरुले बिभिन्न लोक संस्कृति झल्किने प्रस्तुती प्रस्तुत गरिएको थियो । यस्तै हाँस्यब्यंग्य र अन्य प्रस्तुती पनि राखिएको थियो । पायल युवा संजालका अध्यक्ष बम बहादुर बोहराको अध्यक्षतामा भएको उक्त साँस्कृतिक कार्यक्रममा एमालेका क्षेत्रीय उपाध्यक्ष दिप बहादुर कुवर प्रमुख अतिथी रहनुभएको थियो । बिशिष्ट अतिथीमा बैजनाथ उमाविका प्रअ दिपक बहादुर कुवर र एमालेका ईलाका उपाध्यक्ष हर्क बहादुर लुहार रहनुभएको थियो । बिष्णु जोशीको स्वागतवाट सुरु भएको कार्यक्रमको संचालन संजालका सचिव शेर बहादुर सुनारले गर्नुभएको थियो । 

उक्त साँस्कृतिक प्रतियोगीतामा सयौं स्थानियको सहभागिता रहेको रहेको जनाईएको छ । यसैविचः ईलाका युवा संजाल ईलाका नम्वर ७ को आयोजनामा जयगढबजार सरसफाई गरिएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारि बजार ब्यावस्थापन समिती जयगढ र प्रहरीचौकी जयगढ संगको समन्वयमा बजार सरसफाई गरिएको हो । उक्त सरसफाई कार्यक्रममा ईलाका संजालका अध्यक्ष राकेश साउदको नेतृत्वमा ३० जना युवा सरोकारवालाको सहभागिता रहेको थियो । बजार सरसफाई पछिको कोणसभामा जिल्ला युवा संजालका सदस्य नवराज साउद, जयगढ बजार ब्यावस्थापन समितीका अध्यक्ष दीर्घ स्वार, प्रहरी चौकी जयगढका ईञ्चार्ज सोभान जप्रेल, बरदादेवी गाविसका प्रतिनिधी दिपक ताम्राकार, युवा संजालका प्रशिक्षण बिभाग प्रमुख हिरण्ड मुडभरी लगायतका अतिथी रहेका थिए । बोलने सबै अतिथीहरुले युवा उद्यमशिलता र आत्मनिर्भरता आजको प्रमुख आवस्यकता रहेको भन्दै युवा सम्वन्धि बनेका नीति नियमको प्रभावकारी कार्यान्वयनको खाँचो औंल्याउनुभएको त्यहाँवाट गणेश सुनारले जाँनकारी दिनुभयो ।

यस्तै, अन्तराष्टिय युवा दिवसको अवसरमा ईलाका नम्वर ४ को मेल्लेख अछाममा पनि सरसफाई कार्यक्रम गरिएको छ । ईलाका स्तरीय युवा संजालको आयोजनामा मेल्लेख बजारमा सरसफाई गरिएको हो । संजालका सह सचिव भब्य नेपालीको नेतृत्वमा बजार वरिपरि सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा बिन्धेवासिनी गाविसका युवा, समाजसेवी, बुद्धिजिवी, ब्यापारी, बिद्यार्थी सरोकारवालाको उपस्थिती रहेको त्यहाँवाट समाचारदाता दीर्घराज भुलले जाँनकारी दिनुभयो । यस्तै ईलाका नम्वर ६ को मुजावगरमा पनि अन्तराष्टिय युवा दिवस मनाईएको छ । मुजावगरमा बजार सरसफाई सहित बाल अधिकार सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । ईलाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको अन्र्त्क्रियामा संजालका जिल्ला सदस्य निर्मला न्यौपाने प्रमुख अतिथी रहनुभएको थियो । ईलाका अन्र्तगतका सबै गाविसका युवाहरुको जमघटमा भएको उक्त अन्तरक्रिया कार्यक्रमको संचालन कोषाध्यक्ष राधीका ऐडीले गर्नुभएको थियो भने उपाध्यक्ष अनिता परियारले समापन गर्नुभएको राधीका ऐडीले जाँनकारी दिनुभयो । 

यस्तै, जिल्लाको बिनायकमा पनि दिवसको अवसरमा युवा सूचना केन्द्रको उदघाटन र युवामा लगानी किन? विषयक बिचार गोष्ठी सम्पन्न भएको छ भने ईलाका नम्वर २ को चौखुट्टे र अन्य ईलाकाहरुमा पनि युवा दिवस मनाईएको खवर प्राप्त भएको छ । 

तरुण दल र वाईसियल ले पनि मनाए युवा दिवस 

नेपाली कांग्रेसका जिल्ला उपसभापती चन्द्रप्रसाद ढुंगानाले युवाहरु कसैको गुलाम नभएर न्याय र स्वतन्त्रताको पक्षमा उभिनुपर्ने वतोनु भएको छ । उहाले भन्नुभयो युवाहरुलाई राज्यले सहि ठाउमा सदुपयोग गर्न लगानीको वातावरण सिर्जना गर्नुपर्छ । कृषिमा लगानी वढाउदै रोजगारीको अवसर सिर्जना गर्न सके यवाले विदेशिनु पर्ने वाध्यता नआउने उहाको भनाई छ । 

अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा तरुणदल र वाईसिएल नेपाल अछामले सदरमुकाम मंगलसेनमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाले सो कुरा वताउनुभएको हो । कार्यक्रममका विषिष्ट अथिती नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य मदन भुलले विकासका हरेक प्रक्रियामा युवा सहभागीता सुनिश्चित गर्दै राष्टिय युवा निती अविलम्व कार्यान्वन गरिनु पर्ने वताउनुभएको छ । 

अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका टक्कर शाह,समाजसेवि,वुद्धीजिवविलगाएतको सहभागीता रहेको थियो । वाईसिएल अछामका अध्यक्ष शिव वोगटीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन तरुण दलका जिल्ला अध्यक्षँ प्रकाश साउदले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!