२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

७ असार २०७८, सोमबार १४:४७

असार ७, पर्वत (रासस) । गण्डकी प्रदेशका अस्पतालमध्ये पर्वत अस्पताल यस वर्ष पनि उत्कृष्ट भएको छ । यो अस्पताल गत आर्थिक वर्षमा पनि उत्कृष्ट बनेको थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ११ जिल्लामध्ये सबैभन्दा बढी अंक पर्वत अस्पतालले प्राप्त गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा मूल्यांकन हुने गरेको छ । 

ती विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अंक प्रदान गरिन्छ । अघिल्लो वर्ष ७८ प्रतिशत अंकसहित प्रथम भएको पर्वत अस्पताल यस वर्ष ६५ प्रतिशत अंकसहित पुनः पहिलो बनेको हो । अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी र कर्मचारी सबैको सामूहिक बलबाट नै यस वर्ष पनि पहिलो भएको पहाडीको भनाइ छ ।

अस्पतालको सुदृढीकरणका लागि तय गरिएका योजनाहरूमा प्रदेश सरकार, जनप्रतिनिधि तथा अन्य संघ संस्थाहरूको सहयोग र अस्पतालको सिङ्गो टिमको सक्रिय खटाइका कारण आएको नतिजाले अस्पतालको सेवा र सुविधालाई झनै प्रभावकारी बनाउन प्रेरणा मिलेको अध्यक्ष पहाडीले बताउनुभयो । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले गत आर्थिक वर्षमा निर्धारण गरिएका सूचकहरूमा केही परिवर्तन गरिनु, निर्माणका कारण अस्पतालका पुराना भवन भत्काइनु तथा फोहोरमैला व्यवस्थापनको कामका लागि स्थान अभावका कारण अझ सोचे जस्तो काम गर्न नपाएका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष कम अंक प्राप्त भएको बताउनुभयो ।  

पर्वत अस्पतालले यस वर्ष पनि विगतका सेवाहरूलाई निरन्तरता दिँदै कोरोना संक्रमितहरुको उपचारका लागि ३५ श्ययाको आइशोलेसन सञ्चालन गरिरहेको छ । 

यस वर्ष ६२ प्रतिशत अंकका साथमा स्याङ्जा अस्पताल दोस्रो स्थानमा आएको छ भने ६१ प्रतिशत अंकका साथमा दमौली अस्पताल तेस्रो स्थानमा रहेको छ । अघिल्लो आर्थिक वर्ष दमौली अस्पताल दोस्रो स्थानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल