साउन २९, कास्की । कास्की जिल्ला अदालतमा आव ०७२/७३ मा ६९.८३ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् । 

अदालतले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायाधीश नरिश्वर भण्डारीले सबै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, कास्की । कास्की जिल्ला अदालतमा आव ०७२/७३ मा ६९.८३ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् । 

अदालतले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायाधीश नरिश्वर भण्डारीले सबै"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की जिल्ला मुद्दा फछ्र्योट गर्नेमा बन्यो मुलुककै पहिलो

२०७३, २९ श्रावण शनिबार ०१:५९

साउन २९, कास्की । कास्की जिल्ला अदालतमा आव ०७२/७३ मा ६९.८३ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् । 

अदालतले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायाधीश नरिश्वर भण्डारीले सबैभन्दा बढी एक हजार ६९ मुद्दा फछ्र्योट गर्न सफल हुनुभएको जानकारी दिइयो । यो फछ्र्योट सङ्ख्यासँगै न्यायाधीश भण्डारीले एकै वर्षमा धेरै मुद्दा फछ्र्योट गर्नेमा मुलुककै पहिलो स्थान हासिल गर्नुभएको दावी गरिएको छ । 

यसैगरी जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेल, न्यायाधीश अनन्तराज डुम्रे, नागेन्द्रलाल कर्ण, नारायणप्रसाद दाहाल, विष्णुप्रसाद गौतमले पनि लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्नुभएको छ । 

आव ०७२÷०७३ मा तीन हजार ४५१ थान मुद्दा दर्ता भएको श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष एक हजार ९६४ थान मुद्दा दर्ता भएका थिए । यो वर्षभित्र दर्ता भएका मुद्दामा सम्बन्धबिच्छेद मुद्दा सबैभन्दा धेरै ५९१ थान दर्ता भएका छन् । आव ०७२÷०७३ मेलमिलाप केन्द्रमा पठाइएका मुद्दामध्ये १७ थान मुद्दा सफल भएका छन् । 

अदालतले सञ्चालन गरेको फैसला कार्यान्वयन विशेष अभियानबाट रु दुई लाख ७० हजार ३८४ नगद र २४ वर्ष एक महिना १३ दिन कैद असुल गर्न सफल भएको छ । 

अदालतले आव ०७३÷०७४ मा तीन हजार ८०० नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको छ । पत्रकार सम्मेलनमा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेलले अगामी दिनमा मुद्दालाई थप व्यवस्थित गरेर किनारा लगाउने बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस