साउन २९, कास्की । कास्की जिल्ला अदालतमा आव ०७२/७३ मा ६९.८३ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् । 

अदालतले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायाधीश नरिश्वर भण्डारीले सबै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, कास्की । कास्की जिल्ला अदालतमा आव ०७२/७३ मा ६९.८३ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् । 

अदालतले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायाधीश नरिश्वर भण्डारीले सबै"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की जिल्ला मुद्दा फछ्र्योट गर्नेमा बन्यो मुलुककै पहिलो

२९ श्रावण २०७३, शनिबार ०१:५९

साउन २९, कास्की । कास्की जिल्ला अदालतमा आव ०७२/७३ मा ६९.८३ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् । 

अदालतले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायाधीश नरिश्वर भण्डारीले सबैभन्दा बढी एक हजार ६९ मुद्दा फछ्र्योट गर्न सफल हुनुभएको जानकारी दिइयो । यो फछ्र्योट सङ्ख्यासँगै न्यायाधीश भण्डारीले एकै वर्षमा धेरै मुद्दा फछ्र्योट गर्नेमा मुलुककै पहिलो स्थान हासिल गर्नुभएको दावी गरिएको छ । 

यसैगरी जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेल, न्यायाधीश अनन्तराज डुम्रे, नागेन्द्रलाल कर्ण, नारायणप्रसाद दाहाल, विष्णुप्रसाद गौतमले पनि लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्नुभएको छ । 

आव ०७२÷०७३ मा तीन हजार ४५१ थान मुद्दा दर्ता भएको श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष एक हजार ९६४ थान मुद्दा दर्ता भएका थिए । यो वर्षभित्र दर्ता भएका मुद्दामा सम्बन्धबिच्छेद मुद्दा सबैभन्दा धेरै ५९१ थान दर्ता भएका छन् । आव ०७२÷०७३ मेलमिलाप केन्द्रमा पठाइएका मुद्दामध्ये १७ थान मुद्दा सफल भएका छन् । 

अदालतले सञ्चालन गरेको फैसला कार्यान्वयन विशेष अभियानबाट रु दुई लाख ७० हजार ३८४ नगद र २४ वर्ष एक महिना १३ दिन कैद असुल गर्न सफल भएको छ । 

अदालतले आव ०७३÷०७४ मा तीन हजार ८०० नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको छ । पत्रकार सम्मेलनमा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेलले अगामी दिनमा मुद्दालाई थप व्यवस्थित गरेर किनारा लगाउने बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु