२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशमा कोभिडको संक्रमण बढेपछि सोमबारदेखि देशव्यापी लकडाउन गरिने

२०७८, १२ असार शनिबार १६:३७

असार १२, (रासस/सिन्ह्वा) । कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ ।लकडाउन आगमी सोमबारबाट शुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ । शुक्रबार मध्यराति सो कुराको जानकारी दिइएको हो ।

बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो ।यातायात मन्त्री समेत रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको जानकारी हालै दिनुभएको थियो ।

उहाँका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् ।लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् ।

बंगलादेशमा पछिल्लो चौविस घण्टामा ५ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधीमा १०८ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ ।त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ ।

अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ज्यान जाने व्यक्तिको संख्या करिब १४ हजार जना पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो