२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भटमास र सूर्यमुखी कच्चा तेलको मूल्य घट्यो

२०७८, १५ असार मंगलवार ०२:३१

असार १५, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा भटमास र सूर्यमुखी कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ ।

नेपाली बजारमा तेलको मूल्य घट्दा उपभोक्तालाई भने फाइदा हुनेछ । तर, मूल्य घट्नुअघि नै एलसी खोलेर कच्चा तेल मगाएका उद्योगीहरूले घाटा बेहोर्ने भएका छन् । मूल्य घट्नुअघि एलसी खोलेर मगाएको कच्चा तेलमा नेपाली उद्योगीले करीब १ अर्ब ८० करोड गुमाएका छन् ।

नेपालका उद्योगीहरूले अर्जेन्टिना र ब्राजिलबाट पैठारी गर्ने भटमासको कच्चा तेलको मूल्यमा १ सातामा ३ सय डलर प्रतिमेट्रिक टन घटेको छ । साता अघिसम्म १ हजार ४ सय ७५ डलर रहेको भटमासको तेलको मूल्य १ हजार २ सय अमेरिकी डलरमा झरेको व्यवसायीहरूले बताएका छन् ।

बजारमा अहिले सूर्यमुखी तेलको मूल्य थोक मूल्य प्रतिलिटर २५० र भटमासको तेलको खुद्रा मूल्य २३० रहेको छ । अन्तरराष्ट्रिय बजारमा तोरीको मूल्यमा कमी नआएकाले तोरीको तेलको मूल्य भने स्थिर रहने घरेलु तेल उद्योगका सञ्चालक श्रवण अग्रवालले बताए । उनका अनुसार भटमास र सूर्यमुखी तेलको मूल्यमा भने प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म कमी आउन सक्छ ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष एवं श्रीराम रिफाइनरीका सञ्चालक प्रदीप मुरारकाले गतवर्ष यो बेलामा भटमासको कच्चा तेलको मूल्य ६ सय ६० डलर मात्र रहेको बताए । तर, कोरोनाका कारण कच्चा तेलको मूल्य लगातार वृद्धि भएको उनले बताए ।

सूर्यमुखी कच्चा तेलको मूल्य प्रतिटन १ हजार ६ सय ५० अमेरिकी डलरबाट १ हजार ३ सय २५ डलरमा झरेको छ । अघिल्लो वर्ष यही सिजनमा सूर्यमुखी कच्चा तेलको मूल्य प्रतिटन ७ सय २५ देखि ७ सय ५० अमेरिकी डलर थियो ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर