२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गामा समयअगावै काम सक्ने ठेकेदारलाई सम्मान

१६ असार २०७८, बुधबार ०२:१५

असार १६, ओखलढुङ्गा (रासस) । ओखलढुङ्गामा समयअगावै काम सक्ने निर्माण व्यवसायीलाई सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ । आठौँ नगरसभाको अवसर पारेर नगरपालिकाले नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै सक्ने ठेकेदारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । 

निर्वाचन क्षेत्रस्तरीय चक्रपथ (रिङरोड)को पहिलो खण्ड निर्माणको काम सक्ने निर्माण व्यवसायी तेजबहादुर भुजेल र सिस्नेखोला पुल बनाउने निर्माण व्यवसायी मोहन कार्कीलाई सक्नुपर्ने समयभन्दा करिब एक वर्षअगावै योजना सम्पन्न गरेकामा सम्मान गरिएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । योजना जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारका बीचमा समयअगावै गुणस्तरीय काम गरेर योजना हस्तान्तरण गर्ने ठेकेदारलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको उहाँको भनाइ छ ।

“योजना जिम्मा लिएर अलपत्र पारेकै कारण ठेकेदारप्रति सबैको धारणा गलत बन्ने अवस्था छ । वर्षौँ ताकेता गर्दा पनि काम नभएका थुप्रै उदाहरण छन् तर उहाँहरुले समयअगावै राम्रो काम गरेर देखाउनुभयो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “समयभित्रै राम्रो काम गर्ने ठेकेदार पनि छन् भन्ने उदाहरण देखाएकाले उहाँहरुलाई हामीले सम्मान गरेका हौँ ।” ठेकेदार सम्मानले नगर क्षेत्रका अन्य योजना समयमै सक्न अन्य निर्माण व्यवसायीलाई सन्देश दिने उहाँको भनाइ छ ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले निर्माण व्यवसायीद्वयलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको थियो । उहाँले निर्माण व्यवसायी इमान्दार भए मुलुकले विकासमा छिट्टै फड्को मार्ने बताउनुभयो । “यही जिल्लामा सुनकोशी पुल बनाउन १५–१८ वर्ष लाग्यो ।

त्यस्तै पुल अहिले एक वर्षमा बन्यो । यही हो हामीले ल्याएको समृद्धि”, मन्त्री गुरुङले भन्नुभयो, “राम्रो काम नगर्ने ठेकेदारविरुद्ध सरकार कठोर भएर लाग्ने छ । अब यो प्रदेशमा जसले काम रोक्छ, उसको भुत्तानी रोकिन्छ ।” राम्रो काम गर्नेलाई प्रोत्साहन र समयमै काम नगर्ने ठेकेदारलाई कानुनी कारवाही शुरु गर्न मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । विकास निर्माणका आयोजना वर्षौँ अलपत्र पर्ने समस्या रहेको ओखलढुङ्गामा दुईवटा योजना समयअगावै सम्पन्न भएका छन् ।

मन्त्री गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेको उच्चस्तरीय चक्रपथ निर्माणको योजनाअन्तर्गत निर्वाचन क्षेत्र नं १ उच्चस्तरीय चक्रपथ (रिङरोड)को पहिलो खण्ड रुम्जाटार–सानीटार, वनपाले–बुलादी, देउराली–फेदे सडक तीन वर्षमा बनाइसक्ने गरी महालक्ष्मी कन्स्ट्रक्शन कन्सर्न प्रालि बालाजु काठमाडौँले ठेक्का लिएको थियो । विसं २०७८ पुस २१ गतेसम्म म्याद राखेर विसं २०७६ पुस २० गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नौ किलोमिटर ८०० मिटर सडक निर्माणको काम थालेको डेढ वर्ष नपुग्दै सम्पन्न गरेको छ ।

त्यस्तै सिस्नेखोला पुल पनि समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ । मिलनचोक सपनावती–रुम्जाटार सडकखण्डअन्तर्गत सिस्नेखोलामा दुई वर्षमा बनाइसक्ने गरी ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो ।

केएम इञ्जीनियर्स विल्डर्स प्रालि काठमाडौँले २०७९ असार २४ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७७ असार २५ नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो । उक्त योजना एक महिनाअघि नै निर्माण सम्पन्न भएको छ । समयअगावै निर्माण सम्पन्न भएका दुवै योजना उद्घाटन भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान