2026-10-03 03:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गामा समयअगावै काम सक्ने ठेकेदारलाई सम्मान

असार १६, ओखलढुङ्गा (रासस) । ओखलढुङ्गामा समयअगावै काम सक्ने निर्माण व्यवसायीलाई सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ । आठौँ नगरसभाको अवसर पारेर नगरपालिकाले नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै सक्ने ठेकेदारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । 

निर्वाचन क्षेत्रस्तरीय चक्रपथ (रिङरोड)को पहिलो खण्ड निर्माणको काम सक्ने निर्माण व्यवसायी तेजबहादुर भुजेल र सिस्नेखोला पुल बनाउने निर्माण व्यवसायी मोहन कार्कीलाई सक्नुपर्ने समयभन्दा करिब एक वर्षअगावै योजना सम्पन्न गरेकामा सम्मान गरिएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । योजना जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारका बीचमा समयअगावै गुणस्तरीय काम गरेर योजना हस्तान्तरण गर्ने ठेकेदारलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको उहाँको भनाइ छ ।

“योजना जिम्मा लिएर अलपत्र पारेकै कारण ठेकेदारप्रति सबैको धारणा गलत बन्ने अवस्था छ । वर्षौँ ताकेता गर्दा पनि काम नभएका थुप्रै उदाहरण छन् तर उहाँहरुले समयअगावै राम्रो काम गरेर देखाउनुभयो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “समयभित्रै राम्रो काम गर्ने ठेकेदार पनि छन् भन्ने उदाहरण देखाएकाले उहाँहरुलाई हामीले सम्मान गरेका हौँ ।” ठेकेदार सम्मानले नगर क्षेत्रका अन्य योजना समयमै सक्न अन्य निर्माण व्यवसायीलाई सन्देश दिने उहाँको भनाइ छ ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले निर्माण व्यवसायीद्वयलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको थियो । उहाँले निर्माण व्यवसायी इमान्दार भए मुलुकले विकासमा छिट्टै फड्को मार्ने बताउनुभयो । “यही जिल्लामा सुनकोशी पुल बनाउन १५–१८ वर्ष लाग्यो ।

त्यस्तै पुल अहिले एक वर्षमा बन्यो । यही हो हामीले ल्याएको समृद्धि”, मन्त्री गुरुङले भन्नुभयो, “राम्रो काम नगर्ने ठेकेदारविरुद्ध सरकार कठोर भएर लाग्ने छ । अब यो प्रदेशमा जसले काम रोक्छ, उसको भुत्तानी रोकिन्छ ।” राम्रो काम गर्नेलाई प्रोत्साहन र समयमै काम नगर्ने ठेकेदारलाई कानुनी कारवाही शुरु गर्न मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । विकास निर्माणका आयोजना वर्षौँ अलपत्र पर्ने समस्या रहेको ओखलढुङ्गामा दुईवटा योजना समयअगावै सम्पन्न भएका छन् ।

मन्त्री गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेको उच्चस्तरीय चक्रपथ निर्माणको योजनाअन्तर्गत निर्वाचन क्षेत्र नं १ उच्चस्तरीय चक्रपथ (रिङरोड)को पहिलो खण्ड रुम्जाटार–सानीटार, वनपाले–बुलादी, देउराली–फेदे सडक तीन वर्षमा बनाइसक्ने गरी महालक्ष्मी कन्स्ट्रक्शन कन्सर्न प्रालि बालाजु काठमाडौँले ठेक्का लिएको थियो । विसं २०७८ पुस २१ गतेसम्म म्याद राखेर विसं २०७६ पुस २० गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नौ किलोमिटर ८०० मिटर सडक निर्माणको काम थालेको डेढ वर्ष नपुग्दै सम्पन्न गरेको छ ।

त्यस्तै सिस्नेखोला पुल पनि समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ । मिलनचोक सपनावती–रुम्जाटार सडकखण्डअन्तर्गत सिस्नेखोलामा दुई वर्षमा बनाइसक्ने गरी ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो ।

केएम इञ्जीनियर्स विल्डर्स प्रालि काठमाडौँले २०७९ असार २४ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७७ असार २५ नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो । उक्त योजना एक महिनाअघि नै निर्माण सम्पन्न भएको छ । समयअगावै निर्माण सम्पन्न भएका दुवै योजना उद्घाटन भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने