२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा स्थानीय र प्रहरीबीच झडप, चार प्रहरी घाइते

१६ असार २०७८, बुधबार १५:४७

असार १६, उदयपुर (रासस) । उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा आज बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ । झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत बन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया शुरु हुँदा आज सो जग्गामा बसोवास गर्दै आएका जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको हो । 

सो सरकारी जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका जनताले जग्गाको लापूर्जा आफूहरुले पाउनुपर्ने भन्दै नगरपालिकाको कार्यालय घेराउ गरेपछि उनीहरुलाई हटाउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो ।

नगरपालिका घेरेर आन्दोलन गरेका आन्दोलनकारीलाई सम्झाइबुझाई हट्न भनेको र जबरजस्ती गरेपछि सामान्य बल प्रयोग गर्नु परेको प्रहरीले बताएको छ । दुई पक्षीय झडपमा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी चार प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

आन्दोलनकारीमध्येका एक रामकुमार भुजेलले आफूहरु लामो समयदेखि सुकुम्बासी भएर उक्त जग्गामा बसोबास गर्दै आएको र उक्त जग्गालाई नगरपालिकाले नेपाल सरकारलाई कबुलिय वन बनाउन सिफारिस गरेपछि आफूहरुको उठिबास हुन पर्ने भएकाले नगरपालिकामा मागहरु राख्न गएको बताउनुभयो ।

नगरपालिकाले भने सो जग्गा पहिलेदेखि नै सरकारी रहेको र मन्त्रिपरिषद्ले नै कबुलियत बन बनाउने निर्णयसहित कार्य अगाडि बढाएको जनाएको छ । घट्ना लगत्तै अवस्था समान्य बनाउन स्थानीय राजनीतिक दलका नेता र आन्दोलनकारीका अगुवाहरु संयुक्त रुपमा छलफल र बार्तामा जुटेको प्रहरीले बताएको छ ।

करेन्टरलागेर वृद्धको मृत्यु  

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका—५ स्थित बुर्वाकान्लामा आज दिउँसो ३ बजे घाँस काट्ने क्रममा बिजुलीको करेन्ट लागेर ७५ वर्षिय वृद्धको मृत्यु भएको छ । बिजुलीको करेट लागेर मृत्यु हुने बुर्जाकान्लाका ७५ वर्षिय भक्तबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यलयका प्रनाउ गौतमले बताउनुभयो ।

 घरनजिकै घाँस काट्न लाग्दा घरको इनारको मोटरसँग जोडेको बिजुलीको तारमा ठोकिन गई बस्नेतलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार बस्नेतको घट्नास्थलमा नै मृत्यु भएको र शव परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताए