2026-10-03 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा स्थानीय र प्रहरीबीच झडप, चार प्रहरी घाइते

असार १६, उदयपुर (रासस) । उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा आज बुधबार दिउँसो स्थानीय जनता र प्रहरीबीच झडप भएको छ । झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत बन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया शुरु हुँदा आज सो जग्गामा बसोवास गर्दै आएका जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको हो । 

सो सरकारी जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका जनताले जग्गाको लापूर्जा आफूहरुले पाउनुपर्ने भन्दै नगरपालिकाको कार्यालय घेराउ गरेपछि उनीहरुलाई हटाउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो ।

नगरपालिका घेरेर आन्दोलन गरेका आन्दोलनकारीलाई सम्झाइबुझाई हट्न भनेको र जबरजस्ती गरेपछि सामान्य बल प्रयोग गर्नु परेको प्रहरीले बताएको छ । दुई पक्षीय झडपमा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी चार प्रहरी जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

आन्दोलनकारीमध्येका एक रामकुमार भुजेलले आफूहरु लामो समयदेखि सुकुम्बासी भएर उक्त जग्गामा बसोबास गर्दै आएको र उक्त जग्गालाई नगरपालिकाले नेपाल सरकारलाई कबुलिय वन बनाउन सिफारिस गरेपछि आफूहरुको उठिबास हुन पर्ने भएकाले नगरपालिकामा मागहरु राख्न गएको बताउनुभयो ।

नगरपालिकाले भने सो जग्गा पहिलेदेखि नै सरकारी रहेको र मन्त्रिपरिषद्ले नै कबुलियत बन बनाउने निर्णयसहित कार्य अगाडि बढाएको जनाएको छ । घट्ना लगत्तै अवस्था समान्य बनाउन स्थानीय राजनीतिक दलका नेता र आन्दोलनकारीका अगुवाहरु संयुक्त रुपमा छलफल र बार्तामा जुटेको प्रहरीले बताएको छ ।

करेन्टरलागेर वृद्धको मृत्यु  

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका—५ स्थित बुर्वाकान्लामा आज दिउँसो ३ बजे घाँस काट्ने क्रममा बिजुलीको करेन्ट लागेर ७५ वर्षिय वृद्धको मृत्यु भएको छ । बिजुलीको करेट लागेर मृत्यु हुने बुर्जाकान्लाका ७५ वर्षिय भक्तबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यलयका प्रनाउ गौतमले बताउनुभयो ।

 घरनजिकै घाँस काट्न लाग्दा घरको इनारको मोटरसँग जोडेको बिजुलीको तारमा ठोकिन गई बस्नेतलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार बस्नेतको घट्नास्थलमा नै मृत्यु भएको र शव परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने