२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कावासोतीले ल्यायो ९६ करोडको बजेट

१८ असार २०७८, शुक्रबार ०७:३९

असार १८, काठमाडौँ । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको अनुमानित बजेट ल्याएको छ ।

बिहीबार आयोजित नवौँ नगरसभामा नगर उपप्रमुख प्रेमशङ्कर मर्दनियाले सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा सहयोग र नगरपालिकाको अनुमानित आन्तरिक आम्दानीसहित जम्मा रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको बजेट सार्वजानिक गर्नुभएको हो । 

मर्दनियाले बिहीबार नगरसभामा प्रस्तुत गर्नुभएको बजेटमा सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ४१ करोड ६४ लाख, सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट रु १८ करोड १५ लाख, प्रदेश सरकारको समपूरक अनुदानबाट रु एक करोड, प्रदेश सरकारको समानीकरण अनुदानबाट रु दुई करोड २२ लाख ९९ हजार, राजस्व बाँडफाँटबाट रु २३ करोड ५७ लाख चार हजार र आन्तरिक आयतर्फ रु नौ करोड ७५ लाख ३५ हजार आम्दानी हुने अपेक्षा गरिएको छ । बजेट सार्वजनिक गर्दै उपप्रमुख मर्दनियाले कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई रु ५० हजारका दरले आर्थिक सहयोग गरिने बताउनुभयो । 

त्यस्तै बजेटमा नगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीहरुका लागि निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, सङ्घीय सरकाकरले दिएको तलबमा थप गरी नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ताको तलब रु १७ हजार, लेखापालको रु १७ हजार ५०० र विद्यालय कर्मचारीको तलब रु १५ हजार पु¥याइने गरी व्यवस्था गरिएको मर्दनियाको भनाइ छ । 

नगरपालिकाको बजेटमा नगरभित्रका क्रियाशील पत्रकारका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिने, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यक्रमको निरन्तरता, एक वाड एक खेल मैदान, प्याराग्लाइडिङ सञ्चालनका लागि पूर्वाधार सुधार, नारायणी सभ्यता बचाउ अभियान, कुमारवर्ती, मध्यविन्दु र लुम्बिनी क्याम्पसमा सिसी क्यामेरा जडान, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक बिदाइलगायतका कार्यक्रम समेटिएको छ । कावासोती नगरपालिकाको नवौँ नगरसभाको अध्यक्षता नगर प्रमुख चन्द्रकुमारी पुनले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’