२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

दूध बेचेर वार्षिक रु डेढ करोड आम्दानी

२०७८, २७ असार आईतवार ०८:२५

कुमार नेगी । असार २७, टिस्टुङ। मकवानपुरको थाहा नगरपालिका– ३ की मन्दिरा बर्तौलाले दूध बेचेर एक वर्षमा रु सात लाख कमाउनुभयो । उहाँले आफूले पालेका तीन उन्नत जातका गाईबाट आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ८९३ लिटर दूध बेच्नुभयो । सोही नगरपालिकाकै वडा नम्बर १ की कल्पना लामिछानेले गाईको दूध बेचेर एक वर्षभित्र रु दुई लाख २७ हजार आम्दानी गर्नुभयो । उहाँले पाँच गाई पाल्नुभएको छ ।  

नगरपालिकामा पछिल्ला वर्षमा दूधका लागि पशुपालन फस्टाउँदै गएको छ । स्थानीय कृषक स्वरोजगार हुँदै आम्दानीका लागि कतै भौतारिनु पर्दैन भन्ने उदाहरण बन्न थालेका छन् । नगरपालिकामा घर नजिकै दूध बेचेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्नेको सङ्ख्या दुई दर्जनभन्दा बढी छ । आर्थिक वर्ष २०७७÷०७८ मा थाहा–६ का शिवप्रसाद अधिकारीले तीन हजार ३५१ लिटर, थाहा–२ का सुरेन्द्र बस्नेतले तीन हजार ३६० लिटर, थाहा–३ की राजी केसीले तीन हजार २८१ लिटर, थाहा–२ का राजु ढकालले तीन हजार १९९ लिटर दूध बेच्नुभएको छ । उहाँहरुको वार्षिक आम्दानी रु डेढ लाखभन्दा बढी छ । 

नगरपालिकाका पशु विकास शाखाका निमित्त प्रमुख रुपेशकुमार मिश्रका अनुसार नगरपालिकाभित्र दूधका लागि अहिले ३१५ कृषकले व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् । उहाँहरुले व्यावसायिक रुपमा पालेका गाई भैँसीबाट चालू आवको हालसम्म कूल तीन लाख दुई हजार ९१४ लिटर दूध सङ्कलन भएको छ । औसतमा प्रतिलिटर रु ५५ को दरले हिसाब गर्दा उक्त परिमाणको दूध बिक्रीबाट कृषकले रु एक करोड ६६ लाख ६० हजार आम्दानी गरेका छन् । दूधका लागि धेरैजसो कृषकले उन्नत जातका गाई पालेका छन् । करीब ५० कृषकले भैँसीपालन गरेका छन् । सोका लागि नगरपालिकाले पशुपालन पकेट क्षेत्र घोषणा गरेको छ । 

पशुपालन पकेट क्षेत्रअन्तर्गत यस नगरपालिकामा सबैभन्दा धेरै पशुपालक कृषक वडा नं ६ बज्रबाराहीमा छन् । बज्रबाराहीमा बज्रबाराही पशुपालन कृषक समूह नै बनाएर पशुपालन व्यवसाय प्रवद्र्धनको काम भइरहेको पशुविकास शाखाका निमित्त प्रमुख मिश्रले जानकारी दिनुभयो । सो समूहमा आबद्ध १०० कृषकबाट मात्र एक वर्षमा ५७ हजार लिटर दूध बिक्री भएको बताइएको छ । 

घर्तीखोला, फाँटबजार, थानाबजार, ओखरबजार, बज्रबाराही र जगडाँडा क्षेत्रलाई पशुपालन पकेट क्षेत्र घोषणा गरी दूध सङ्कलनका लागि पकेट क्षेत्रमै सङ्कलन केन्द्रको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । उत्पादन क्षेत्रमै सङ्कलन केन्द्र स्थापना गरिएपछि कृषकलाई बजारीकरणको कुनै समस्या नभएको बज्रबाराहीस्थित नन्दीकेश्वर डेरीका सञ्चालक प्रमोद जोशीले बताउनुभयो ।

आफूहरुले सङ्कलन केन्द्रमा बिक्री गरेको दूधको परिमाणका आधारमा सङ्कलन केन्द्रबाट प्राप्त आम्दानीका अतिरिक्त नगरपालिकाले प्रतिलिटर रु डेढका दरले थपेर दिएपछि पशुपालक कृषक झनै उत्साहित भएका छन् । कृषकलाई प्रोत्साहनस्वरुप थप रकम उपलब्ध गराउन नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा रु पाँच लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट सङ्कलन केन्द्रमार्फत आर्थिक वर्षको अन्त्यमा एकमुष्ठरुपमा रकम उपलब्ध गराइएको निमित्त प्रमुख मिश्रले बताउनुभयो । 

नन्दीकेश्वर डेरीबाट ८४ कृषकलाई र पालुङ डेरीअन्तर्गत फाँटबजार–अङ्गारेका ५८ कृषकलाई, ओखरबजारका १२ कृषकलाई, थानाबजारका ११ कृषकलाई, जगडाँडाका २१ कृषकलाई र घर्तीखोलाका २९ कृषकलाई प्रतिलिटर रु डेढका दरले अतिरिक्त रकम उपलब्ध गराइएको छ । 

त्यसैगरी बज्रबाराही पशुपालन कृषक समूहका १०० पशुपालकले अतिरिक्त रकम पाएका छन् । घर्तीखोलाकी मन्दिरा बर्तौलाले मात्र दूध बिक्री गर्दा स्थानीय सरकारबाट रु १९ हजार ३४० अतिरिक्त रकम पाउनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो