२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा भाउजूको हत्या गरेको आरोपमा देवरसहित चार जना पक्राउ

२०७८, २९ असार मंगलवार १६:००

असार २९, जलेश्वर (रासस) । एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३१ वर्षीय देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गत जेठ २० गते सुजिताको आफ्नै कोठामा हत्या भएको थियो । प्रहरीका अनुसार सुजिताका देवरले आफूले भाउजूको हत्या गरेको तथा पक्राउ परेका तीनै जनाले शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको स्वीकार गरिसकेका छन् ।

देवर रुपेशले जेठ २० गते बिहान भाउजू सुजितालाई उनकै कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक््याइ घाँटीसमेत थिचेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएको  महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । 

हत्यापछि सुजिताको शवलाई दिनभरि उनकै पलङमाथि राखेर बाहिरबाट कोठामा ताल्चा लगाएको थियो भने राति करीब ९ बजे आफ्नै ट्र्याक्टरमा राखेर गाउँभन्दा एक किलोमिटर पूर्व दक्षिणस्थित मृतकका ससुरा पतिराम ठाकुरको खेतमा शव गाडेको थियो ।

घटनाबारे गाउँमा चर्चा हुन थालेको र प्रहरीसमेत सक्रिय भएको देखेर जेठ २९ गते राति पुनः त्यहाँबाट उनको शव निकालेर गाउँभन्दा पूर्व भ्रमरपुरा–जनकपुर सडकखण्डमा रहेको पेट्रोलपम्पको छेउमा ससुरा पतिराम ठाकुरकै खेतमा १३ फिट गहिरो खाल्डो खनेर उनको शव राखेर माथिबाट सिमेन्ट, बालुवा, गिट्टीले ढलान गरेको थियो ।

प्रहरीले सुजिताको शव घटनाको एक महिना आठ दिनपछि असार २७ गते बिहान १० बजे आधा सडेको अवस्थामा फेला पारेको थियो । घटनामा थप संलग्न व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार