२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

धादिङमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटका दुई जनाको मृत्यु

२९ असार २०७८, मंगलवार १६:०७

असार २९, धादिङ (रासस) । थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभयो । 

नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना४ख ९४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको  बा७३प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ भने नारायणको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि सडकमा लडेर घाइते भएका बालकको ट्रकले पछि हटाएर किच्दा मृत्यु भएको प्रत्यक्षदर्शी रामचन्द्र रुपाखेतीले बताउनुभयो ।

दुर्घटनामा घाइते एक जनाको उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको र उहाँको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुुर्घटनापछि भाग्दै गरेको ट्रकलाई प्रहरीले कोइराले भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल