२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

साउन १५ गतेसम्म डोटीमा निषेधाज्ञा

३० असार २०७८, बुधबार ०९:४०

असार ३०, डोटी (रासस) । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञाको उल्लङ्घन गर्ने, औषधि, औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो ।

जिल्लामा गएको वैशाख महिनादेखि गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको यो आठाँै पटक हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्ला भित्रका आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने, पसलहररू बिहान ६ देखि राति ८ बजेसम्म खोल्नका लागि अनुमतिसमेत दिइएको छ भने बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जिम हल र अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन गर्न भने नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ । 

भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकूद गतिविधिलगायत कार्यक्रम गर्न नपाइने कोभिड सङ्कट व्यवस्थापन समितिको सूचनामा उल्लेख गरिएको छ । जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको छ । कोरोनाकै कारण जिल्लामा ११ जनाले ज्यान गुमाइसकेका छन् । जसमा चार जनाको जिल्लाबाहिर उपचारका लागि लगिएकामा ज्यान गएको जनाइएको छ । जिल्लामा केही समययता भीडभाड बढेका कारण कोरोना जोखिम बढ्न सक्ने स्थानीयवासीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने