२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पहिलोपटक शववाहनको व्यवस्था

२०७८, ३० असार बुधबार १५:३८

असार ३०, बैतडी (रासस) । यहाँ पहिलोपटक शववाहनको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा जिल्ला अस्पतालले शववाहन खरीद गरेको हो । समन्वय समितिको करीब साढे रु १२ लाखको लागतमा शववाहन ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “जिल्ला अस्पातलले सञ्चालन गर्ने गरेर शववाहन खरीद गरी सञ्चालनमा ल्याइएको हो, शववाहन भएपछि विभिन्न कारणले मृत्यु भएकाको शव ओसार्न सहज हुनेछ ।” शववाहन नहुँदा नागरिकलाई सास्ती हुने गरेको थियो । 

जिल्लामा शववाहन नहुँदा परीक्षण गर्न तथा ओसार्न समस्या हुने गरेकामा अब सहज हुने डा जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “जिल्ला अस्पतालमा मात्र नभएर जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हँुदा निजी सवारी साधनमा शव बोक्न नमान्दा समस्या भोग्नु परेकामा अब सहज हुनेछ ।”

जिल्लाका विभिन्न बस्तीमा सडक सञ्जाल पुगे पनि यहाँ सञ्चालन हुने सवारी साधनले शव बोक्न नमान्ने गरेकामा अब राहत हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सवारी साधनले शव बोक्न नमान्ने गरेका थिए, बोक्ने सवारी साधनले पनि चर्को मूल्य लिने गरेका थिए, अब चर्को मूल्य तिर्नुपर्ने बाध्यता हटेको छ ।” एकीकृत शववाहन सञ्चालन निर्देशिकाअनुसार शववाहन सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह