२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पहिलोपटक शववाहनको व्यवस्था

३० असार २०७८, बुधबार १५:३८

असार ३०, बैतडी (रासस) । यहाँ पहिलोपटक शववाहनको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा जिल्ला अस्पतालले शववाहन खरीद गरेको हो । समन्वय समितिको करीब साढे रु १२ लाखको लागतमा शववाहन ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “जिल्ला अस्पातलले सञ्चालन गर्ने गरेर शववाहन खरीद गरी सञ्चालनमा ल्याइएको हो, शववाहन भएपछि विभिन्न कारणले मृत्यु भएकाको शव ओसार्न सहज हुनेछ ।” शववाहन नहुँदा नागरिकलाई सास्ती हुने गरेको थियो । 

जिल्लामा शववाहन नहुँदा परीक्षण गर्न तथा ओसार्न समस्या हुने गरेकामा अब सहज हुने डा जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “जिल्ला अस्पतालमा मात्र नभएर जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हँुदा निजी सवारी साधनमा शव बोक्न नमान्दा समस्या भोग्नु परेकामा अब सहज हुनेछ ।”

जिल्लाका विभिन्न बस्तीमा सडक सञ्जाल पुगे पनि यहाँ सञ्चालन हुने सवारी साधनले शव बोक्न नमान्ने गरेकामा अब राहत हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सवारी साधनले शव बोक्न नमान्ने गरेका थिए, बोक्ने सवारी साधनले पनि चर्को मूल्य लिने गरेका थिए, अब चर्को मूल्य तिर्नुपर्ने बाध्यता हटेको छ ।” एकीकृत शववाहन सञ्चालन निर्देशिकाअनुसार शववाहन सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल