२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सुदूरपश्चिममा धुमधामसाथ साउने सङ्क्रान्ति पर्व मनाइँदै

२०७८, १ श्रावण शुक्रबार ०४:५५

साउन १, डोटी (रासस) । सुदूरपश्चिम प्रदेशमा आज साउने सङ्क्रान्ति पर्व धुमधामका साथ मनाइँदै छ । यहाँका नौवटै जिल्ला बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा आज साउन महिनाको पहिलो दिन अर्थात साउन १ गते विभिन्न कार्यक्रम गरी यहाँका नागरिक साउने सङ्क्रान्ति पर्व मनाउँदै छन् ।

असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आजको दिन ठाउँअनुसार सबै एकै ठाउँमा जम्मा भई भोज खाएर सङ्क्रान्ति पर्व मनाउने परम्परा रहेको दिपायल सिलगढी नगरपालिका–५ का किरण भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार विशेषगरी यहाँका पहाडी जिल्लामा आजको दिन रोगव्याधि नलागोस् भनेर लुतो फाल्ने चलन छ । आजकै दिन सुदूरपश्चिममा परम्परानुसार भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन रहेको शिखर नगरपालिका–१ कपल्लेकीका पण्डित गुणकर जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “आजको दिन लुतो सम्झेर बलेको अगुल्टो चारै दिशामा सबै रोगव्याधि लुतो लैजा भनी फयाँक्ने गरिन्छ ।” साउन महिनामा सूर्य कर्कट राशिमा रहने भएकाले गर्मी अत्यधिक हुनुका साथै निरन्तर झरी पर्ने भएकाले मान्छे आवतजावत गर्दा पानीमा रुझ्नसक्ने सम्भावना हुन्छ । त्यसमाथि कृषि अनि कृषि कार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्यझैँ हो ।

गर्मी र बर्खायामको असरले वर्षाको महिनामा छालासँग सम्बन्धित रोगजस्तै लुतो, दाद, घमौरा या खटिरा आउनसक्ने सम्भावना अत्यधिक हुने भएकाले साउने सङ्क्रान्तिलाई सुदूरपश्चिममा लुतो फाल्ने दिनका रूपमा पनि लिइने गरिएको अर्का स्थानीयवासी मानबहादुर धामीले बताउनुभयो । उहाँका अनुसार लुतो फाल्ने आ–आफ्नै खालका जनविश्वास र चलन रहेको पाइन्छ । आजको दिन यहाँका नदी किनारमा गई शरीरमा लेसिलो पहेँलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वास छ । कसैले भान्टालाई दुलो पारेर चारबाटोमा फालेर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको जोरायल गाउँपालिका–५ का लीलाधर विष्टले बताउनुभयो । 

सायल गाउँपालिकाका स्थानीयवासी तथा ज्योतिष चेतराज उपाध्यायका अनुसार उत्तरायणको बेला मृत्यु भएका मानिसले मोक्ष प्राप्त गर्छन् भने दक्षिणायनको बेला मृत्यु भएका मानिसले पुनःजन्म लिनुपर्छ, यसैकारण पनि सूर्यका यी दुई स्थितिलाई मानिसको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको छ । दक्षिणायनको बेला रात लामो र दिन छोटो हुने गर्दछन् । दक्षिणायनमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभकार्य गर्नु उचित मानिँदैन तर यो समयमा इच्छा, कामना र भोगको वृद्धि हुने भएकाले यस बेला चोखोनितो गरेर लिइएको व्रत एवं गरेको पूजा आराधनाले रोग र शोक मेटिने विश्वास छ ।

साउन १ गतेबाट रङ्गीन अर्थात हरियाली महिनाको शुरुआत हुने भएकाले यसलाई कर्कट सङ्क्रान्ति भन्ने गरिएको प्रसिद्ध देवी शैलेश्वरीका पुजारी प्रेमशङ्कर भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार हरियो रङमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकाङ्क्षा र यसका साथै परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर पनि महिलाले यो महिनामा रङ्गीन हरिया चुरा लाउने चलन रहेको उहाँको भनाइ छ । साउन महिनामा बारीका मकै पनि ठूलै घोगा भइसकेका हुन्छन्, साउने झरीमा पोलेको या उसिनेको मकैको खाजा खानु स्वास्थ्यका लागि निकै उपयोगी हुने शैलेश्वरी अस्पतालका डा ललित लिम्बूले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला