२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरबाट एक वर्षमा ३०० बढी मानिस हराए

२ श्रावण २०७८, शनिबार ०७:२०

साउन २, नवलपुर (रासस) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा मानिस हराउने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा भन्दा गत आव २०७७÷७८ मा हराउने मानिसको सङ्ख्यामा वृद्धि भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा जिल्लाबाट ३०४ मानिस हराएका थिए भने यो सङ्ख्या अघिल्लो आवमा २२९ थियो । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार अघिल्लो आवमा भन्दा गत आवमा ७५ जना बढी मानिस हराएका छन् । मानिस हराएको भनेर प्रहरीमा निवेदन दर्ता हुने गरेको भए पनि हराएका सबै मानिस भेट्टाउन नसकिएको गिरीले बताउनुभयो ।

आव २०७७/७८ मा हराएकामध्ये २२१ जना सम्पर्कमा आएका भए पनि ८३ मानिस अझै पनि सम्पर्कविहीन रहेका गिरीले जानकारी दिनुभयो । “प्रहरीमा मानिस हराएको भनेर निवेदन दर्ता हुने गरेको छ”, गिरीले भन्नुभयो, “तर, केही घटनामा हराएका मानिसलाई उनीहरुकै घरपरिवारले भेटाएपछि प्रहरीमा जानकारी नगराउँदा बेपत्ता हुनेको सङ्ख्या बढेको जस्तो देखिएको हो ।” जिल्लामा हराएका निवेदन परेकामध्ये सबैभन्दा धेरै महिला र बालबालिका छन् ।

“बढ्दो सामाजिक सञ्जालको प्रयोग, बालबालिकाप्रति अभिभावकले कम समय दिनु, बेरोजगारीलगायतका विभिन्न कारणले मान्छे घर छाडेर हिँड्ने र सम्र्पकविहीन हुने गरेका छन्”, प्रहरी प्रवक्ता गिरीले भन्नुभयो, “यस वर्षमात्रै १८१ महिला, ४५ बालिका, १० बालक तथा ३० ज्येष्ठ नागरिक बेपत्ता भएका छन् ।” सामाजिक सञ्जाल प्रयोगका कारण परिवारका सदस्यबीच संवादहीनता बढ्दै जानु र एकअर्काको मनोभावना नबुझ्ने प्रवृत्तिका कारण बेपत्ताका घटना बढ्ने गरेको गिरीले बताउनुभयो । 

परिवारका सदस्यको मनोभावना बुझ्ने, सदस्यबीच संवाद बढाउने, पारिवारिक मनमुटाव समयमा नै हल गर्ने, परिवारका सदस्यका बारेमा जानकारी राख्ने हो भने पनि धेरै समस्या हल हुने उहाँ बताउनुहुन्छ । आव २०७६/७७ मा जिल्लामा २२९ व्यक्ति हराएका थिए ।

अघिल्लो आवमा हराएकामध्ये ९० जना अझै सम्पर्कमा आएका छैनन् । प्रहरीको तथ्याङ्कअनुसार जिल्लामा अघिल्लो वर्षभन्दा गत वर्ष मानिस बेपत्ता हुने तथ्याङ्क बढ्नाका साथै बेपत्ता हुनेको सूचीमा महिला तथा बालिका धेरै छन् ।

“मानिस हराएका भन्दा भेटिनेको सङ्ख्या न्यून हुँदा प्रहरीले खोजीमा चासो नदेखाएको भन्ने गुनासोसमेत आउने गरेको छ”, गिरीले भन्नुभयो, “प्रहरीले सक्दो खोजी गरिरहेको छ, अपराध अनुसन्धानका सबै पद्धति अपनाएर हराएकाको खोजी जारी भए पनि हराउने सबै मानिस भेट्न सकिएको छैन ।” 

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग बढ्दासमेत मानिस हराउने गरेका उहाँको भनाइ छ । जिल्लाबाट हराएका व्यक्तिको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) तथा जिल्लामा सादा पोशाकका प्रहरीसमेत परिचालन भइरहेका जनाउँदै गिरीले जिल्लाबाट हराएका मानिस अन्य जिल्लाबाट समेत भेटाएर उद्धार गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का