२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरबाट एक वर्षमा ३०० बढी मानिस हराए

२०७८, २ श्रावण शनिबार ०७:२०

साउन २, नवलपुर (रासस) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा मानिस हराउने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा भन्दा गत आव २०७७÷७८ मा हराउने मानिसको सङ्ख्यामा वृद्धि भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा जिल्लाबाट ३०४ मानिस हराएका थिए भने यो सङ्ख्या अघिल्लो आवमा २२९ थियो । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार अघिल्लो आवमा भन्दा गत आवमा ७५ जना बढी मानिस हराएका छन् । मानिस हराएको भनेर प्रहरीमा निवेदन दर्ता हुने गरेको भए पनि हराएका सबै मानिस भेट्टाउन नसकिएको गिरीले बताउनुभयो ।

आव २०७७/७८ मा हराएकामध्ये २२१ जना सम्पर्कमा आएका भए पनि ८३ मानिस अझै पनि सम्पर्कविहीन रहेका गिरीले जानकारी दिनुभयो । “प्रहरीमा मानिस हराएको भनेर निवेदन दर्ता हुने गरेको छ”, गिरीले भन्नुभयो, “तर, केही घटनामा हराएका मानिसलाई उनीहरुकै घरपरिवारले भेटाएपछि प्रहरीमा जानकारी नगराउँदा बेपत्ता हुनेको सङ्ख्या बढेको जस्तो देखिएको हो ।” जिल्लामा हराएका निवेदन परेकामध्ये सबैभन्दा धेरै महिला र बालबालिका छन् ।

“बढ्दो सामाजिक सञ्जालको प्रयोग, बालबालिकाप्रति अभिभावकले कम समय दिनु, बेरोजगारीलगायतका विभिन्न कारणले मान्छे घर छाडेर हिँड्ने र सम्र्पकविहीन हुने गरेका छन्”, प्रहरी प्रवक्ता गिरीले भन्नुभयो, “यस वर्षमात्रै १८१ महिला, ४५ बालिका, १० बालक तथा ३० ज्येष्ठ नागरिक बेपत्ता भएका छन् ।” सामाजिक सञ्जाल प्रयोगका कारण परिवारका सदस्यबीच संवादहीनता बढ्दै जानु र एकअर्काको मनोभावना नबुझ्ने प्रवृत्तिका कारण बेपत्ताका घटना बढ्ने गरेको गिरीले बताउनुभयो । 

परिवारका सदस्यको मनोभावना बुझ्ने, सदस्यबीच संवाद बढाउने, पारिवारिक मनमुटाव समयमा नै हल गर्ने, परिवारका सदस्यका बारेमा जानकारी राख्ने हो भने पनि धेरै समस्या हल हुने उहाँ बताउनुहुन्छ । आव २०७६/७७ मा जिल्लामा २२९ व्यक्ति हराएका थिए ।

अघिल्लो आवमा हराएकामध्ये ९० जना अझै सम्पर्कमा आएका छैनन् । प्रहरीको तथ्याङ्कअनुसार जिल्लामा अघिल्लो वर्षभन्दा गत वर्ष मानिस बेपत्ता हुने तथ्याङ्क बढ्नाका साथै बेपत्ता हुनेको सूचीमा महिला तथा बालिका धेरै छन् ।

“मानिस हराएका भन्दा भेटिनेको सङ्ख्या न्यून हुँदा प्रहरीले खोजीमा चासो नदेखाएको भन्ने गुनासोसमेत आउने गरेको छ”, गिरीले भन्नुभयो, “प्रहरीले सक्दो खोजी गरिरहेको छ, अपराध अनुसन्धानका सबै पद्धति अपनाएर हराएकाको खोजी जारी भए पनि हराउने सबै मानिस भेट्न सकिएको छैन ।” 

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग बढ्दासमेत मानिस हराउने गरेका उहाँको भनाइ छ । जिल्लाबाट हराएका व्यक्तिको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) तथा जिल्लामा सादा पोशाकका प्रहरीसमेत परिचालन भइरहेका जनाउँदै गिरीले जिल्लाबाट हराएका मानिस अन्य जिल्लाबाट समेत भेटाएर उद्धार गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो