२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि होला त निषेधाज्ञा ?

२०७८, ९ श्रावण शनिबार ०२:५९

साउन ९, काठमाडौं । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९।३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन ।

संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा पुनः बन्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जनस्वास्थ्यविद् र चिकित्सकहरूले भने बन्दाबन्दी नै कोरोना नियन्त्रणको प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेको अवस्थामा बन्दाबन्दी नै गर्न नपर्ने उनीहरूको तर्क छ ।

काठमाडौं उपत्यकाभित्र संक्रमण रोकथामका लागि बन्द गरिएका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेपछि संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा गत २२ असारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको थियो ।

त्यस दिन अर्थात् २२ असारमा सक्रिय संक्रमितको संख्या २५ हजार ८ सय २८ रहेको थियो । यो संख्या बढेर शुक्रबार २७ हजार ६ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छ । जबकि स्वास्थ्य मन्त्रालय गत २२ असारमा काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीबीचको बैठकमा निषेधाज्ञा खुकुलो गराउने निर्णय हुँदा सरोकारवाला निकायले असन्तुष्टि व्यक्त गरेका थिए ।

यता पछिल्लोपटक शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । लामो दूरीका सवारी साधन सञ्चालन गर्दा उपत्यकाबाहिरका व्यक्ति सहज रूपमा उपत्यका भित्रन सक्ने हुँदा संक्रमण दर बढ्ने अनुमान गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो