१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक हात्तीको पछाडि गस्ती टोली !

११ श्रावण २०७८, सोमबार ०१:४८

साउन ११, काठमाडौं । कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु–याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । 

यो क्रम विगत छ महिनादेखि निरन्तर चलिरहे पनि बर्खामा अझ बढेको छ । बर्खामा कोसी नदीमा पानीको बहाव बढेसँगै आरक्षभित्रका वन्यजन्तु सुरक्षित स्थानतिर पस्न थालेपछि हरेक हात्तीको पछाडि कर्मचारीले गस्ती गर्नैपर्ने अवस्था सिर्जना भएको छ ।

यसअघि आरक्षभित्र सातवटा रैथाने हात्ती बस्दै आएका थिए भने थप आठवटा जङ्गली हात्ती भारतबाट प्रवेश गरेपछि आरक्ष क्षेत्र वरपर हात्ती आतङ्क फैलिएको छ ।

गाउँबस्तीमा पसेर मानवीय क्षति मात्र होइन, बालीनाली नोक्सानी गर्ने, घर भत्काउने, अन्नपात खान थालेपछि बस्तीमा रातदिन आतङ्क फैलिएको छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले भने, “हरेक हात्तीको पछाडि मानिस खटाउनुपर्ने अवस्था आएको छ । जसका लागि चौबिसै घण्टा दुईवटा गाडी, दुईवटा ट्याक्टरमा १२ जना आरक्षका कर्मचारी र १२ जना नेपाली सेनाको टोली खटाउने गरिएको छ । 

यति गर्दा पनि दैनिकजसो कम्तीमा १० वटा घर भत्काउने गरेकोले कोसी टप्पुका लागि हात्ती आतङ्क जटिल समस्याका रूपमा देखिएको छ ।”

प्रायःजसो राति बस्तीमा हात्ती पस्दा स्थानीयवासीले आगो बाल्ने, होहल्ला गर्ने, ट्याक्टर, गाडी चलाएर भगाउने प्रवृत्तिले हात्ती झन् रिसाएर अन्धाधुन्ध रूपमा गाउँ पस्ने, घर भत्काउने गरेकोले क्षति बढी हुने गरेको उनको अनुभव छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का