२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कोरोना सङ्क्रमण दर बढ्दो

२०७८, ११ श्रावण सोमबार १५:४०

 साउन ११, बासिङ्टन, (रासस/एपी) । खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेको भन्ने रिपोर्टपछि अमेरिकाका वरिष्ठ स्वास्थ्य विज्ञ  एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको बताउनुभएको छ । 

उहाँले खोप कोभिड–१९ सङ्क्रमण दर रोक्न एउटा उत्तम विकल्प भएको बताउँदै कोरोना भाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा ‘डेल्टा भेरिअन्ट’ बढिरहेको बताउनुभयो ।

फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन खोप लगाएका व्यक्तिका लागि मास्क अनिवार्य गर्ने निर्देशिका परमार्जन गर्नेबारे पनि कुराकानी भइरहेको बताउनुभयो । उहाँले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउने प्रकारका खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको जानकारी दिनुभयो । अमेरिकामा हालसम्म जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेका छन् ।

अमेरिकामा दैनिक ४० हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने दैनिक करिब २५० को हाराहारीमा मृत्यु भएको तथ्याङ्क छ । 

न्यू योर्क टाइम्सले विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । अमेरिकामा हाल सम्म कूल छ लाख नौ हजार ५०८ जनाको निधन भएको छ । 

अमेरिकामा दैनिक साढे पाँच लाख व्यक्तिका दरले कोभिड–१९परीक्षण गरिएको छ भने पछिल्ला दिनमा कोभिड परीक्षण गर्न अस्पताल जाने को सङ्ख्या १३ प्रतिशतले घटेको छ । अमेरिकामा अहिले २६ हजार ३०२ जना कोरोना सङ्क्रमितले अस्पतालमा भर्ना भई सेवा लिइरहेका बताइएको छ ।

अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि भएको छ । जुलाई २६ सम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४८.८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो