१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने

१२ श्रावण २०७८, मंगलवार ०१:५४

साउन १२,  काठमाडौं । सरकारले विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ। मन्त्रिपरिषद् सोमबारको बैठकले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता तथा जेलमुक्त भएकाको स्वदेश फर्केर क्वारेन्टिन बस्दाको खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो। त्यसका लागि आवश्यक प्रबन्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले रकम निकासा गर्ने निर्णय छ। त्यसका लागि सरकारले उपयुक्त स्थानमा क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

कोभिड–१९ को जोखिमको दोस्रो लहरका कारण चालू अवस्था तथा खरिद सम्झौता म्यादसम्बन्धी आपूर्तिकर्ता, निर्माणमा सरकारलाई थ पभार नपर्नेगरी सम्झौताको समय ६ महिना थप गर्ने निर्णय गरेको छ।

त्यस्तै, विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६ करोड अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उक्त ऋण साहायता विभिन्न आयोजना सञ्चालनमा प्रयोग गरिनेछ। राष्ट्र ऋण पाँचौं संशोधन नियमावली, २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली, २०७८ लाई पनि स्वीकृत गरेको छ।  

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का