१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडी : ठकुरी युवती राजीखुसीमै दलितसँग विवाह गर्दा शिक्षक दम्पत्तीको उठिबास

१३ श्रावण २०७८, बुधबार ०२:०२

साउन १३,  काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् ।

करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए ।

तर, उनीहरूको जीवनमा ६ वर्षअघि एउटा यस्तो घटना भयो कि जुन घटनाका कारण उनीहरू गाउँ र समाजबाटै विस्थापित बन्न पुगे । समाजले उनीहरूमाथि जुन आरोप लगाएको थियो ।

त्यसमा कुनै पनि सत्यता नभएको उनीहरूको दाबी छ । तर, समाजले उनीहरूको प्रस्टीकरण सुन्न चाहेन । फलतः निर्दोष भएको प्रमाण पेस गरिरहँदा पनि समाजले उनीहरूको कुरा सुन्न चाहेन । त्यसपछि राना दम्पत्तीलाई झुटा मुद्दा लगाइयो, जागिरबाट निकालियो । त्यतिले मात्रै नभएर गाउँबाटै निकाला गरियो र अन्तमा घरसमेत जलाइयो ।

सोच्दै नसोचेको आपत्ति आइलागेपछि एउटा लयमा चलिरहेको उनीहरूको जीवन नै बिथोलियो । २०७२ सालको चैत महिना । यही साल र महिनादेखि उनीहरूको जीवनको लय बिग्रिएको हो ।

स्थानीय गोकर्ण चन्दकी छोरी पूजा र एक जना दलित युवकले २०७२ माघमा प्रेम विवाह गरेका थिए । प्रेम विवाहपछि उनीहरू चार महिनासँगै पनि बसे । तर, पूजाको दलित युवकसँग विवाह हुनुमा करणकी श्रीमती राजुलाई दोष लगाइयो ।

स्थानीयको यो दोष उनीहरूले स्वीकार गरेनन् । विवाद बढ्दै गयो । त्यसपछि चैतमा पूजाका बाबुसहित गएर पूजालाई फिर्ता ल्याए । केटाकेटी दुवैलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा उपस्थित गराइयो ।

प्रहरी कार्यालयमै केटीका बाबु, स्थानीयवासी र करन रानाकै अगाडि उनीहरूले आफूले स्वेच्छाले प्रेम विवाह गरेको बताए । एकअर्काबिना बाँच्नै नसक्नेसम्मको कुरा सुनाए । यो समाचारराजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का