2026-08-31 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

साउन २१, चितवन (रासस)। बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२:५५ बजे तीन  उडान गर्न लागेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गर्न लागिएको हो ।” नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएका छन् । 

 भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ । बुद्ध एयरले भरतपुर–काठमाडौँ नौ  उडान गरिरहेको छ । यस्तै भरतपुर–पोखरा दैनिक एक उडान छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञा खुकुलो भएसँगै एयरलाइन्सले उडान शुरु गरेको हो ।

शुरुआतमा भैरहवा १८ सिट जहाजबाट उडान शुरु गर्न लागिएको प्रबन्धक बस्नेतले बताउनुभयो । सन् २००५ बाट चितवनमा उडान शुरुआत गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर–काठमाडौँ दैनिक १२ उडान भर्दै आएको थियो ।

चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । पोखरा र भैरहवा देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछन् । उडानको सञ्जाल जोडिएसँगै पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद