साउन ३१, चितवन । चितवनको मुख्य तीर्थस्थल देवघाटधाममा लागेको साउने सोमबारे मेलामा झन्डै दुई लाख दर्शनार्थी सहभागी भएका छन् ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, चितवन । चितवनको मुख्य तीर्थस्थल देवघाटधाममा लागेको साउने सोमबारे मेलामा झन्डै दुई लाख दर्शनार्थी सहभागी भएका छन् ।&n"/>
2026-08-30 03:09 PM
चितवन - CTW

देवघाटमा झन्डै दुई लाख धार्मिक पर्यटक सहभागी

साउन ३१, चितवन । चितवनको मुख्य तीर्थस्थल देवघाटधाममा लागेको साउने सोमबारे मेलामा झन्डै दुई लाख दर्शनार्थी सहभागी भएका छन् । 

साउन महिनाभरको पाँच सोमबार गरेर झन्डै दुई लाख दर्शनार्थीले मेला भरेको देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका सदस्य टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । 

आज साउनको अन्तिम सोमबार सबैभन्दा बढी ५० हजार बढी दर्शनार्थीले दर्शन गरेको अनुमान छ । समितिले आयोजना गरेको बोलओम महोत्सव पनि आजैबाट सकिएको छ । 

आइतबार साँझदेखि नै आएका भक्तजनहरु पूजाआजाका लागि बिहानैदेखि ठूलो भीड देखिएको थियो । विगत वर्षदेखि देवघाटमा महिनाव्यापी बोलबम महोत्सव पनि गरिँदै आएको छ । 

देवघाटधाम चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा पर्छ । साउने महोत्सव भर्न देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । पहँेलो वस्त्र लगाएर खाली खुट्टामै भक्तजन मेला भर्न आएका छन् । 

साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिव मन्दिरमा चढाउँदा पुण्य मिल्ने विश्वास रहेको एकजना व्रतालु सुशीला पौडेलले जानकारी दिनुभयो । 

धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिना र यो महिनाको पनि सोमबारलाई झनै पवित्र दिनका रुपमा समेत लिने गरिन्छ । 

व्रतालुले रातभर जाग्राम बसेर भजनकीर्तन गरेर मेला भरेका थिए । बोलओम महोत्सवमा भानुभक्तीय रामायणलाई सङ्गीतको धुनमा प्रस्तुत गरिएको र एक हजार आठ शिवमन्त्रद्वारा होम हालिएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिनुभयो । 

देवघाटसँगै चितवनको रत्ननगर, माडी, पर्सा, भण्डाराका शिवालय तथा भरतपुरको महाकालेश्वर मन्दिर गैँडाकोटका गोपेश्वर मन्दिर गायत शिवालयमा पूजा गर्ने भक्तजनको भीड हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने