साउन ३१, चितवन । चितवनमा सार्वजनिक जग्गा संरक्षण अभियान थालिएको छ । रत्ननगर नगरपालिकाले आफ्नो क्षेत्राधिकारमा पर्ने जग्गाको खोजी सुरु गरेको हो ।

ती जग्गालाई संरक्षण गरेर पार्क, उद्यान तथा वृक्षरोपण गरेर पर्यटकीय आकर्षणको केन्द्र बनाउन थालिएको रत्ननगर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका सामाजिक विकास अधिकृत तेजेन्द्र लामिछानेले कतिपय स्थान संरक्षण भइरहेको र कतिपय स्थान संरक्षणको क्रममा रहेको जानकारी दिनुभयो । अभियानअन्तर्गत चितवनको रत्ननगर पिठ्वाको नौ बिगाहा जग्गा भुमाफियाबाट छुटाएर संरक्षण थालिएको छ ।

यहाँ ६०० बिरुवा समेत रोपिएको छ । कयर खोलामा ड्याम समेत बनाएर संरक्षण गरिएको र अहिले पोखरी निर्माण र वृक्षरोपण गरेर हरियाली बनाएको रत्ननगर नगरपालिकाको वातावरणमैत्री स्थानीय शासन कार्यक्रमकी अनुगमन अधिकृत सन्ध्या रिजालले बताउनुभयो ।

रत्ननगरको पञ्चकन्यामा अतिक्रमण गरिएको चार कट्ठा जग्गामा हरियाली पार्क निर्माण थालिएको नगरपालिकाले जनाएको छ । यस्तै वडा नम्बर ७ मा रहेको सात बिगाहा र सौराहाको सिसवारमा रहेको १५ बिगाहा जग्गाको समेत संरक्षणका लागि काम थालिएको नगरपालिकाले जनाएको छ ।

सिसवारमा केही व्यक्तिले अतिक्रमण गरेको पाइएको नगरपालिकाका योजना शाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गानाले बताउनुभयो । सूचना नै जारी गरेर नगरपालिकाले छाड्न भनेको छ । तर सो क्षेत्रमा भने राजनीतिक विवाद भएकाले नगरपालिकाले प्रभावकारी काम गर्न सकेको छैन ।

स्थानीय राजन भट्ट सार्वजनिक जग्गालाई संरक्षण गरेर खुला मैदान राख्न सके विभिन्न गतिविधि गर्न सहयोग पुग्ने बताउनुहुन्छ ।

चितवन निकुञ्ज, जिल्ला वनले समेत यहाँका अतिक्रमित क्षेत्रको संरक्षण अभियान चलाइरहेको छ । रासस

सार्वजनिक जग्गा संरक्षण गर्न सुरु
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment