२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

२८ श्रावण २०७८, बिहीबार ०५:३३

साउन २८, पर्वत (रासस)। नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल