२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को परीक्षा दशैं अगावै

७ भाद्र २०७८, सोमबार ०२:१४

भदौ ७,  काठमाडौं ।  राष्ट्रिय  परीक्षा  बोर्डले  कक्षा  १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ ।

कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले   कोरोना   भाइरसविरुद्धको   खोप   लगाउने   वातावरण   बनेपछि   अब   दशैँ   अगावै   परीक्षा   हुन   सक्ने   अवस्था   सिर्जना   भएको   जानकारी   बोर्डका   अधिकारीहरूले दिएका छन् । 

११  र  १२  हेर्ने  परीक्षा  नियन्त्रक  कृष्णप्रसाद  शर्माले  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा  रहेको  जानकारी  दिए  ।  

सीसीएमसीसित  अनुमति  लिएपछि  १५  दिनको  अग्रिम  सूचना  दिएर  विद्यार्थीका  लागि  परीक्षाका  बारेमा  सूचित  गरिने  उनले  बताए  । 

राजधानी  र  सहरी  क्षेत्रमा  अध्ययन  गर्ने धेरै परीक्षार्थीहरू परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उनले बताए ।

सीसीएमसीले  अनुमति  दिएमा  स्वास्थ्य  सुरक्षाको  मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै  समस्या  नभएको  परीक्षा  नियन्त्रक  शर्माले  स्पष्ट  गरे ।

सरकारले यसै साता मात्रै कोरोना भाइरसविरुद्धको खोप  कक्षा  १२  मा  अध्ययन  गर्ने  विद्यार्थीलाई  उपलब्ध  गराएको छ ।

यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराइदिन शिक्षा,  विज्ञान  तथा  प्रविधि  मन्त्रालय  र  स्वास्थ्य  तथा  जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको थियो ।

यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव