२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बिना जानकारी बत्ती नकाटिने

२०७८, ८ भाद्र मंगलवार ०२:१०

भदौ ८, काठमाडौं  । लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ ।

यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो । नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रूखो हुन थाल्यो । एकातिर फोन नउठ्ने, उठिहाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो ।

पछिल्लो १ वर्षमा आम उपभोक्ताले यस्ता समस्या भोग्दै आएका छन् । गुनासो गर्ने निकायले गुनासो सुन्दैन, आवश्यक परेका बेला विना जानकारी बिजुली काटिन्छ ।समस्या बढ्दै गएपछि त्यसलाई समाधान गर्न प्राधिकरणले पहल थालेको छ ।

प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा पुनः नियुक्ति भएर आएपछि कुलमान घिसिङले उपभोक्ता भनेका देवता समान रहेको भन्दै समस्या समाधानका लागि पहल थालेका छन् ।

विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालिएको प्राधिकरणले जानकारी दिएको छ ।

विना जानकारी झ्याप्पझ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउनेजस्ता गुनासा आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले आवश्यक प्रयत्न गरेको छ ।

प्राधिकरणले विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

प्राधिकरणका कार्यकारी घिसिङले सोमवार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सातओटै प्रादेशिक कार्यालयहरू, प्रदेश डिभिजन कार्यालयहरू र शाखाका प्रमुखहरूसँग भर्चुअल बैठक राखी कार्यालयहरूले बेहोरिरहेका समस्याबारे छलफल गरेका हुन् । छलफलको कार्यसूची अनुसार गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न उनले निर्देशन दिएका छन् ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न