२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्रोत नखुलेको ८५ लाख ५६ हजार रकमसहित तीन जना पक्राउ

८ भाद्र २०७८, मंगलवार १६:०६

भदौ ८, काठमाडौँ  (रासस) । नेपाल प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई आज दिउँसो काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सिमराका ३२ वर्षीय पौडेलले बोकेको झोलामा रु ३१ लाख रकम शङ्कास्पदरूपमा फेला पारेपछि पक्राउ गरेर सोधपुछ गर्दा थप ५४ लाख ५६ हजारसहित अग्रवाल र खड्कालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ पौडेललाई सोधपुछ गर्दा होलिडे ट्रेडिङ प्रालिका सञ्चालकसमेत रहेका अग्रवालले दिएको खुलेपछि प्रहरीले अग्रवाल र उनका कामदार खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई समानान्तर बैंकिङ कारोबार (हुण्डी) कारोबार गरेको हुनसक्ने भएकाले थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…