२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

१० भाद्र २०७८, बिहीबार १२:२८

भदौ  १०, काठमाडौँ (रासस) । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४.०५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० विन्दुले बढेर ५७१.३९ मा पुगेको छ ।

नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन । कूल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार साताको अन्तिम दिनको कारोबारका आधारमा रु ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६२२ बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

होटल तथा पर्यटन ११.५१, विकास बैंक २४१.६५, जलविद्युत् १६९.३७, वित्त १२०.२२ र लघुवित्त ३७.५७ विन्दुले उकालो लाग्यो । यस्तै बैंकिङ ७.५९, व्यापार ११.३९, निर्जीवन बीमा ५२.७४, उत्पादन २७.२९, अन्य ६, जीवन बीमा १५४.६४, सामूहिक लगानी कोष ०.०५ र लगानी ०.०९ विन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ९३ करोड ८४ लाख ४० हजार ९०० बराबरको कारोबार भयो । यस्तै अरुण काबेली पावर रु ४५ करोड ६ लाख ७१ हजार ८४७, रिडी हाइड्रोपावर रु ३४ करोड ५६ लाख ३० हजार ३५७, महालक्ष्मी विकास बैंक रु ३१ करोड ७५ लाख ९२ हजार ९४० र कामना सेवा विकास बैंक रु २९ करोड ९५ हजार ३३ हजार ८६४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नौ कम्पनीको शेयरमा सर्किट

दुई दिन ओरालो लागेको नेप्सेमा सुधार आउँदा आज विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, शिवश्री इन्भेस्टमेन्ट फाइनान्स, गुह्यश्वरी मर्चेन्ट बैंक, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावर, जीवन विकास लघुवित्त लघुवित्त र खानीखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

गुडविल फाइनान्सको ऋणपत्र ३.९५, सिटिजन म्युचुअल फण्ड ३.४४, लाइफ इन्स्योरेन्स कम्पनी ३.३३, शिवम् सिमेन्ट २.३० र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.२२ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प