साउन ३२, लमजुङ । जिल्लामा अर्गानिक चियाखेती फस्टाउँदै गएको छ । 

पूर्वी नेपालको सिको गर्दै जिल्लामा चियाखेती सुरुवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, लमजुङ । जिल्लामा अर्गानिक चियाखेती फस्टाउँदै गएको छ । 

पूर्वी नेपालको सिको गर्दै जिल्लामा चियाखेती सुरुवा"/>

2026-09-08 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा फस्टाउँदै अर्गानिक चियाखेती

साउन ३२, लमजुङ । जिल्लामा अर्गानिक चियाखेती फस्टाउँदै गएको छ । 

पूर्वी नेपालको सिको गर्दै जिल्लामा चियाखेती सुरुवात गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पहलमा सोही संस्थाको कार्यक्षेत्रभित्र पर्ने क्षेत्रमा २०५५ सालदेखि चियाखेती सुरुवात गरिएको थियो । 

आयोजनाको इलाका कार्यालय भुजुङले सोही स्थानबाट चियाखेती सुरु गरिएकोमा हाल सो क्षेत्रभित्र पर्ने आठ गाविसमध्ये छ गाविसमा चियाखेती विकास गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । हाल भुजुङ, उत्तरकन्या, घनपोखरा, पसगाउ, भोजेलगायतका गाविसमा चियाखेती गरिएको छ । 

हाल नमुनाको रुपमा उत्तरकन्या गाविसको घलेगाउँमा ५०० रोपनी र भुजुङमा चारसय ५० रोपनी क्षेत्रमा चियाखेती गरिएको छ । सामुदायिक रुपमा गरिएको चियाखेतीबाट उत्पादन पनि सुरु भएको छ । करिब एक हजार ७०० मिटरको उचाइमा लगाइएको चियाखेतीले पछिल्लो समय सबैको मन लोभ्याएको छ । चियाखेती हेर्नकै लागि दार्जलिङ, इलाम र झापा लगायतका ठाउँमा अब जान नपर्ने भएको छ । 

चियाखेती राम्रोसँग फष्टाएपछि घलेगाउँ र भुजुङमा थप जग्गामा चियाखेती विस्तार गरिएको छ । त्यहाँ तक्दा– ७८ र घुम्ती प्रजातिका चिया लगाइएको छ । उत्पादन भएको चिया सदरमुकाम बेसीसहर, पोखरा, चितवन, काठमाडाँै देखि साउदी अरब, कतार, हङकङ र बेलायतसम्म पुगेको छ । 

चिया प्रशोधनका लागि गाउँलेले ढिकिको प्रयोग गर्ने गरेका छन् । भुजुङसँगै घलेगाउँ, घनपोखरा, सिम्पानी, भोजेलगायतका ठाउँमा पनि चियाखेती फस्टाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित