दानबहादुर बुढा/साउन ३२, मुगु । जिल्लामा खुल्ला दिशामुक्त भएका गाउँबस्तीहरु लाई पूर्ण सरसफाई युक्त बनाउन अभियान शुरु गरिएको छ ।

जनकल्याण ग्रामिण बिकास तथा अनुसन्धान केन्द्र मुगुको प्राबिधिक सहयोग र ग्रामिण खानेपानी तथा सरसफाई बिकास कोषको आर्थिक सहयोगमा गम्था, रारा, कालै र रोवा गाविसको वडास्तर अभियान शुरु गरिएको छ ।

पूर्ण सरसफाईको लागि उक्त गाविसको प्रत्येक घरदैलोमा घरधुरी बर्गिकरण अभियान थालनी गरिएको छ । गम्था गाविस वडान ३ लाम्मुरु गाउ“को ५६ घरधुरी लाई बर्गिकरण गरिएको छ ।

घरधुरी बर्गिकरण गर्दा पूर्ण सरसफाई भएको घरधुरी लाई हरियो प्लेट, सरसफाईमा मध्यम घरधुरी लाई पहेलो र न्यून सरसफाई भएको घरधुरी लाई रातो प्लेट टा“सिने भएको छ ।

कालै गाविसको वडान ७, ८ र ९ वडाको १ सय ३४ घरधुरी लाई पुर्ण सरसफाई अभियानको लागि बर्गिकरण गरिएको छ । राम्रो सरसफाई भएका ८४ मध्य सरसफाई भएको ३१ र न्यून सरसफाई भएका १९ रहेका छन् ।

रारा गाविसको १ देखि ४ वडाका १ सय ४६ घरधुरी मध्ये राम्रो सरसफाई भएका ३८ मध्यम सरसफाई भएका ५१ र न्यून सरसफाई भएका ५७ घरधुरी बर्गिकरण गरिएको छ ।

पहिले नै खुल्ला दिशामुक्त गाविस घोषणा भई सकेको रारा, गम्था, कालै र रोवा गाविस लाई पूर्ण सरसफाई बनाउन घरधुरी बर्गिकरण अभियान शुरु गरिएको सरसफाई अभियानकर्ता कृणबहादुर चनले बताउनु भयो ।

उक्त गाविसको वडास्तरहरुमा खानेपानी धारा निर्माणको लागि आयोजना संचालनको लागि सर्बे डिजाईन अघि बढाईएको संस्थाका अध्यक्ष पदमबहादुर रावलले भने यो बर्ष भित्र आयोजना सम्पन्न गरिने लक्ष्य छ ।

मुगुमा पुर्ण सरसफाई बनाउन अभियान
By kit
4 मिनेट पढाइ