७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

घुन्सा हेलिकप्टर दुर्घटना १५ वर्ष पूरा, दीप प्रज्वलन गरी स्मरण

७ आश्विन २०७८, बिहीबार ०८:१३

असोज ७, काठमाडौँ (रासस) । ताप्लेजुङको घुन्सामा  हेलिकप्टर दुर्घटना भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ संरक्षणकर्मीको अकल्पनीय सो दुर्घटनमा निधन भएको थियो । कञ्जनजङ्घा संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले मृतकका स्मृतिमा आज दीप प्रज्वलन आयोजना ग¥यो ।

सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीको सम्झानामा राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउँदै  आएको छ । परिषद् अध्यक्ष खगेन्द्र फेम्बुले यसपटक दीप प्रज्वलन  बताउनुभयो ।  

 श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा भूगोलविद् डा हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकर्मीको निधन भएको थियो । 

विश्वमै पहिलोपटक वन जङ्गलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने बेला फलेस्थित धुन्चे पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या