५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

खुला दिसामुक्त झापाको दुर्दशा : नगरपालिकाले शौचालय बनाउन सहयोग गर्‍यो, अनुगमन गरेन

१९ आश्विन २०७८, मंगलवार ०४:५८

असोज १९ , झापा, न्युज कारखाना। गौरादह- २ दहलुकी बालख हेमरमलाई खुला ठाउँमा दिसा नगर्न भन्दै शौचालय निर्माणका लागि स्थानीय तहले रिङ र प्यान दियो । तर, नगरपालिकाले शौचालय बनाउन भने सहयोग गरेन । 

सामग्री पाए पनि निर्माणमा सहयोग नगर्दा उनले हालसम्म शौचालय बनाउन सकेकी छैनन् । ‘प्यान र रिङ दिएको दुई-तीन वर्ष भयो तर चर्पी बनाउन सहयोग गरेन । घरको मान्छे त्यही बेला बिरामी हुनुभयो’, उनले भनिन्, ‘बनाउनलाई पैसा थिएन । बनाउन सकिएन ।’ उनको परिवार अहिले पनि अर्काकै शौचालय प्रयोग गरिरहेको छ । 

दहलुकै सीता हेमरमसँग घरमा शौचालय भएको कार्ड छ । तर, उनीसँग शौचालय छैन । गौरादह नगरपालिकाले रिङ र प्यान दियो । उनले रिङ र प्यान गाडेकी पनि छन् । तर, शौचालय बारबेर गरेकी छैनन् । अहिलेसम्म उनको शौचालय प्रयोगमा आएको छ । ‘टाटी लगाएर बारबेर त गरेको थिएँ’, उनी भन्छिन्, ‘बर्खामा सबै भत्कियो । अहिले बनाउनलाई पैसा छैन ।’

उनको परिवार अहिले पनि खेत र झाँडीमा खुला दिशा गर्दै आएको छ । ‘कहिले खोला-खोल्सी जान्छौँ’, सीता भन्छिन्, ‘नभएपछि के गर्ने त !’ 

झापालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाले सत प्रतिशत शौचालय बनेरै खुला दिशामुक्त जिल्ला घोषणा गरिएको जनाएको छ । तर, पछिल्लो समय सरसफाइमा कम बजेट आउँदा जनचेतनाको कार्यक्रम गर्न नसकिएको डिभिजन प्रमुख सयनकुमार श्रेष्ठले जानकारी दिए । 

गौरादह नगर प्रमुख रोहितकुमार साहले नगरपालिकाभित्र विपन्नलाई शौचालय निर्माणका लागि लाखौँ खर्च गरेको दाबी गरे । उनले जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको बताए । तर, केही विपन्न नागरिकले भने शौचालय प्रयोग नगरेको उनी स्वीकार गर्छन् । ‘५०औँ लाख खर्चेर हामीले विपन्नको शौचालय निर्माण गरिदिएका छौँ । जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौँ । अहिले पनि केही घरहरूमा तराई-मधेस समृद्ध कार्यक्रमअन्तर्गत शौचालय निर्माणको तयारी भइरहेको छ’, उनले भने, ‘यद्यपि, हामीले प्रयास गरिरहँदा पनि केही समस्या भने आएका छन् । केही दिन शौचालय प्रयोग गर्ने र पछि परंपरागत रूपमा बाहिर जाने गरेको देखिएको छ । खोला किनार धाद्रो भएको ठाउँमा जाने अवस्था छ । चेतना कम भएर हो कि अझै पनि हामीले दायरमा ल्याउन सकिरहेका छैनौँ । तर, पनि हाम्रो प्रयास जारी छ । अधिकांश घरहरूमा शौचालय छ ।’

सरकारले झापालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरे पनि दक्षिणी क्षेत्रमा अधिकांशले शौचालयको रूपमा खोला खोल्सा नै प्रयोग गर्दै आएका छन् । खुला दिशामुक्त क्षेत्र घोषणापछि पर्याप्त जनचेतनामूलक कार्यक्रमहरू नगर्दा अधिकांश अहिले पनि खुला रूपमा दिसा-पिसाब गर्दै आएका छन् । घरमा शौचालय भए पनि केहीले प्रयोग नै गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश उप–निर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम पूर्वानुमान: यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनए एकताको प्रयासमा पूर्व अध्यक्ष शेष घले नेतृत्वमा बैठक सम्पन्न (भिडियो) बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेता छलफलमा, मन्त्रिपरिषद् बैठक स्थगित प्रसाईंलाई साइबर ब्यूरो पठाइयो, आज म्याद थप नहुने