2026-10-03 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

खुला दिसामुक्त झापाको दुर्दशा : नगरपालिकाले शौचालय बनाउन सहयोग गर्‍यो, अनुगमन गरेन

असोज १९ , झापा, न्युज कारखाना। गौरादह- २ दहलुकी बालख हेमरमलाई खुला ठाउँमा दिसा नगर्न भन्दै शौचालय निर्माणका लागि स्थानीय तहले रिङ र प्यान दियो । तर, नगरपालिकाले शौचालय बनाउन भने सहयोग गरेन । 

सामग्री पाए पनि निर्माणमा सहयोग नगर्दा उनले हालसम्म शौचालय बनाउन सकेकी छैनन् । ‘प्यान र रिङ दिएको दुई-तीन वर्ष भयो तर चर्पी बनाउन सहयोग गरेन । घरको मान्छे त्यही बेला बिरामी हुनुभयो’, उनले भनिन्, ‘बनाउनलाई पैसा थिएन । बनाउन सकिएन ।’ उनको परिवार अहिले पनि अर्काकै शौचालय प्रयोग गरिरहेको छ । 

दहलुकै सीता हेमरमसँग घरमा शौचालय भएको कार्ड छ । तर, उनीसँग शौचालय छैन । गौरादह नगरपालिकाले रिङ र प्यान दियो । उनले रिङ र प्यान गाडेकी पनि छन् । तर, शौचालय बारबेर गरेकी छैनन् । अहिलेसम्म उनको शौचालय प्रयोगमा आएको छ । ‘टाटी लगाएर बारबेर त गरेको थिएँ’, उनी भन्छिन्, ‘बर्खामा सबै भत्कियो । अहिले बनाउनलाई पैसा छैन ।’

उनको परिवार अहिले पनि खेत र झाँडीमा खुला दिशा गर्दै आएको छ । ‘कहिले खोला-खोल्सी जान्छौँ’, सीता भन्छिन्, ‘नभएपछि के गर्ने त !’ 

झापालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय झापाले सत प्रतिशत शौचालय बनेरै खुला दिशामुक्त जिल्ला घोषणा गरिएको जनाएको छ । तर, पछिल्लो समय सरसफाइमा कम बजेट आउँदा जनचेतनाको कार्यक्रम गर्न नसकिएको डिभिजन प्रमुख सयनकुमार श्रेष्ठले जानकारी दिए । 

गौरादह नगर प्रमुख रोहितकुमार साहले नगरपालिकाभित्र विपन्नलाई शौचालय निर्माणका लागि लाखौँ खर्च गरेको दाबी गरे । उनले जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको बताए । तर, केही विपन्न नागरिकले भने शौचालय प्रयोग नगरेको उनी स्वीकार गर्छन् । ‘५०औँ लाख खर्चेर हामीले विपन्नको शौचालय निर्माण गरिदिएका छौँ । जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएका छौँ । अहिले पनि केही घरहरूमा तराई-मधेस समृद्ध कार्यक्रमअन्तर्गत शौचालय निर्माणको तयारी भइरहेको छ’, उनले भने, ‘यद्यपि, हामीले प्रयास गरिरहँदा पनि केही समस्या भने आएका छन् । केही दिन शौचालय प्रयोग गर्ने र पछि परंपरागत रूपमा बाहिर जाने गरेको देखिएको छ । खोला किनार धाद्रो भएको ठाउँमा जाने अवस्था छ । चेतना कम भएर हो कि अझै पनि हामीले दायरमा ल्याउन सकिरहेका छैनौँ । तर, पनि हाम्रो प्रयास जारी छ । अधिकांश घरहरूमा शौचालय छ ।’

सरकारले झापालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरे पनि दक्षिणी क्षेत्रमा अधिकांशले शौचालयको रूपमा खोला खोल्सा नै प्रयोग गर्दै आएका छन् । खुला दिशामुक्त क्षेत्र घोषणापछि पर्याप्त जनचेतनामूलक कार्यक्रमहरू नगर्दा अधिकांश अहिले पनि खुला रूपमा दिसा-पिसाब गर्दै आएका छन् । घरमा शौचालय भए पनि केहीले प्रयोग नै गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने