ललित बोहरा/भदौ १, डडेल्धुरा । बुधबार भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधाम सँग मनाइँएको छ । 

बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओल्के भन्नाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ १, डडेल्धुरा । बुधबार भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधाम सँग मनाइँएको छ । 

बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओल्के भन्नाले"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइयो

१ भाद्र २०७३, बुधबार १३:३५

ललित बोहरा/भदौ १, डडेल्धुरा । बुधबार भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधाम सँग मनाइँएको छ । 

बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओल्के भन्नाले सौगात, उपहार अर्थात कोसेली भन्ने बुझिन्छ । यस पर्वमा आफ ूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप सागपात, फलफूल, मिठा–मिठा खानेकुरा बाँड्नुका साथै महिलाहरुले हातमा मेहन्दी लगाउने प्रचलन रहेको छ । 

आजको दिनलाई गर्मीयामको प्रकोप र महामारीबाट बचेर नवजीवनको प्राप्ति भएको खुशियालीमा ओल्के पर्व मनाईदै आएको जनविश्वास रहेको छ । सुदूरपश्चिममा ग्रिष्म यामलाई संकटकालको रुपमा र भदौ पछाडिको समयलाई नवजिवन प्राप्तिको रुपमा लिने गरिन्छ । 

आजका दिन श्रद्धालु भक्तजनहरु नजिकैको जलाशयमा गई स्नान गर्नुका साथै मन्दिर एवं देवस्थलमा ओल्को अर्थात हरिया सागपातहरु चढाउने गर्दछन । यस पर्वमा महिलाहरु माईत जाने एवं अघिल्लो दिन घरपरिवारमा मिष्ठ भोजन लिने प्रचलन रहेको छ । 

त्यस्तै आजको दिन नै आउँदो असोज १ मनाइने सुदूरपश्चिमेली बन्ढुनी संक्रान्तिका लागि बन्ढुनी पोल्ने ठाउँमा विशेष गरि सल्लाको बोट र नभए अन्य बोट विरुवा काटेर बन्ढुनी गाड्ने गरिन्छ । जुन असोज १ गतेका दिन बुढी पोल्ने भनि जलाउने गरिन्छ ।

आजका दिन अमरगढी नगरपालिको ७ दुमडामा सुदुर पश्चिमको संस्कृती अनुसार चैत, धुमारी खेल्दै बुढेली मनाउने परम्परा छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो