<p><b> असोज २२ , काठमाडौँ ।</b> शिक्षा, स्वास्थ्य रोग भोग र गरीबिले पछि परेको हिमाली जिल्ला मुगुमा रहेका दलित परिवारलाई खाद्यान्न सहयोग गरिएकाे छ । दशैँ पर्व नजिकिदै गरेको समयमा समस्यामा परेका विपन्न समुदायलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्नका सामग्री वितरण गरेको हो ।<br></p><p>आपतकालीन सहायता तथा समर्थन परियोजना कारीतास नेपालले आर्थिक सहयोगमा पेस नेपालले छाँयानाथ रारा नगरपालिका-१३ का दलित परिवारलाई खाद्यान्न सहयोग गरेको हो । गरीब, विपन्न, पिछडीएका, एकल, दलित र कोरोना प्रभाबित ५० परिवारलाई खाद्यान्न सहयो पेस नेपालका जिल्ला संयोजक नारद रेग्मीले जानकारी दिनु भयो ।</p>
दशैँको मुखमा दलित समुदायलाई खाद्यान्न सहयोग
By kit
2 मिनेट पढाइ










