२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुगु बस दुर्घटना अपडेटः मृतक ३२ जनाको सनाखत (नामावली सहित)

२०७८, २७ आश्विन बुधबार ०८:४२

असोज २७, काठमाडौँ | मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोला मंगलबार भएको दुर्घटनामा परी ज्यान गुमाएका ३२ जनाको सनाखत भएको छ । दुर्घटनामा परी हालसम्म ज्यान गुमाएका सबैको सनाखत भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार नेपालगञ्जबाट मुगु आउँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो करिब पौने २ बजे छायाँनाथ रारा नगरपालिका ७ पिना तपने खोला नजिक सडक खण्डमा दुर्घटनामा परेको थियो । बस सडकबाट २०० देखि २५० मिटर तल खसेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

दुर्घनामा परी २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचार नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त बसमा ४६ जना यात्रु सवार थिए ।

मृतकहरुको विवरण

मुगु छायानाँथ रारा नगरपालिका वडा ७ की अन्दाजी १९ वर्षीया लग्न सेजुवाल र उनका २ वर्षीय (नाम खुल्न बाकीँ)

सोही नगरपालिका ७ की अन्दाजी २० वर्षीया छोरी मनदेवी बम,

वडा १० झारकोट की अन्दाजी १८ वर्षीया पुजा बुढा,

वडा ८ का ३३ वर्षीय प्यारी वि.क,

वडा ८ का २२ वर्षीय सन्तोष वितालु,

वडा १२ का २२ वर्षीय छाँता साउँद,

वडा ८ ३५ वर्षीय चालक दानबहादुर रावल,

वडा १० की २० वर्षीया सरिता खड्का,

वडा १४ का २२ वर्षीय कर्ण सिंह बुढा,

सोरू गाउँपालिका वडा ३ का २५ वर्षीय मनरूप कुमाल,

छाँयानाथ रारा नगरपालिकाका वडा १ का २३ वर्षीया चन्द्रादेवी मल्ल,

वडा ६ की १९ वर्षीया छोरी राममाया भाम,

वडा १० का १८ वर्षीय अम्मर साउँद,

वडा ११ का २२ वर्षीय प्रकाश बुढा,

वडा ५ का २९ वर्षीय अजय कार्की,

वडा ५ की ३२ वर्षीया कमला वि.सी (रावत),

वडा १० का २२ वर्षीय सुनबहादुर वि.क,

वडा १४ सुम्ली का १९ वर्षीय शिव बुढा,

वडा ७ तोप्लाकी २१ वर्षीया अमृता शाही,

वडा ७ की मृतक अमृता शाहीका ४/५ वर्षीय छोरा (नाम खुल्न बाँकी),

वडा १४ का २० वर्षीय रूपसिंह कार्की,

वडा ७ तोप्लाको २२ वर्षीय महेन्द्र शाही,

बाँके राझाँ बस्ने २२ वर्षीय प्रदिप स्वर्णकार,

छाँयानाथ रारा नगरपालिका वडा १ का १८ वर्षीय चन्द्रप्रकाश भाम,

वडा ७ का १२ वर्षीय आदित्य विक्रम शाह,

वडा ८ का २८ वर्षीय टोपबहादुर विष्ट,

सोरू गाउँपालिका वडा ८ का २३ वर्षीय आईत सिंह कामी,

छायानाथ रारा नगरपालिका वडा ८ झ्यारी का ३३ वर्षीया भगवती चन्द,

वडा ७ की १६ वर्षीय सस्मिता बम,

वडा १४ का १८ वर्षीय सन्त भण्डारी,

वडा ८ सिकाढीका १८ वर्षीय नविन बुढा,

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र