२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली-पौडेल र गौतमको टीका छैन, देउवा-प्रचण्ड-खनालले अरुलाई टीका नलगाइदिने

२०७८, २८ आश्विन बिहीबार ०७:५७

असोज २८, काठमाडौं | आफ्नो मान्जयनसँगै भोलि शुक्रबार बडादसैँको टीका लगाइँदै छ ।  बडादसैँ नवदुर्गा भवानीको पूजाआराधना र मान्यजनको हातबाट  टीका ग्रहण गरेर मनाइने गरिन्छ । यसर्थ यसवर्ष राजनीतिक दलका शीर्ष नेताहरूहरूको दसैं कस्तो हुनेछ भनेर न्युज कारखानाले यहाँ यसबारे जानकारी दिन खोजेको छ । 

गतवर्ष कोरोना भाइरसका कारणले सबै नेपालीले दसैं, तिहारजस्ता चाडपर्व राम्रोसँग मनाउने पाएका थिएनन् । यस पटक संक्रमण पनि घटेको र प्रायजसोले कोरोनाविरुद्धको खोप लगाएको हुनाले सबै नेपालीले दसैं मनाउने छन् ।  

गतवर्ष संक्रमणका कारणले दसैं मनाउन नपाएका शीर्ष नेता यस पटक भने दसैं मनाउने तयारीमा छन् । शीर्ष नेतामध्ये नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल दुवै जनाका भाइको निधन भएकाले उनीहरूले  दसैँको टीका लगाउने छैनन् । हालै मिर्गौला प्रत्यारोपण गराए आएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि यस पटक दसैंमा आराम गरिरहेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले दसैं काठमाडौंमा नै मनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले दसैं मनाउने भएका छन् । उनले दसैंमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसवर्षको दसैं परिवारभित्र नै मनाउने भएका छन् ।  परिवारमा उनले छोरीहरू, ज्वाइँ नातिनातिनीसँगै नै उनले दसैं मनाउने तयारी गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । नेता प्रचण्ड यसपटक चितवन जाने नजाने अझै टुंगो भइसकेको छैन । 

‘उहाँले दसैंमा घरपरिवारमा नै मनाउने गर्नुहुन्छ’ उनले भने, ‘तर, यसपटकको ठ्याक्कै कार्यक्रम तय भएको छैन । अब चाँडै नै  तय हुन्छ ।’ उनका अनुसार प्रचण्डले नेता तथा कार्यकर्तालाई भने टीका लगाउने छैनन् । 

यस्तै एमालेका पूर्व नेता वामदेव गौतमले यसपटक कोही सँगै पनि टीका लगाउने छैनन् । माइजुबाट टीका लगाउँदै आएका उनी यसपट माइजुको जुठो परेकोले टीका नलगाउने भएका हुन् । उनी माइजुभन्दा पहिले एमाले नेतृ साहना प्रधानसँग टीका लगाउँदै आएका थिए । उनका स्वकीय सचिव दीपक टमट्टाका अनुसार नेता गौतमले यसपटक परिवारमा नै दसैं मनाउने भएका छन् । परिवारका सदस्यभन्दा बाहिर कसैलाई पनि उनले टीका लगाउने छैनन् । 

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले यसपटक दसैं घरमै परिवारसँगै नै मनाउने भएका छन् । उनले यसपटक आफू र अन्य नेता तथा कार्यकर्ता कसैलाई पनि टीका लगाउने छैनन् । 

भारतको नयाँ दिल्लीबाट भर्खरै मिर्गौला गराएका आएका कारण उनी चिकित्सकले अझै तीन चार महिनासम्म कसैको  सम्र्पकमा नजाने भनेकाले दसंैमा कसैलाई पनि टीका नलगाउने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

‘उपचार गराएर आएपछि उहाँ अहिले पनि आराम गरिरहनु भएको छ,’ उनले भने, ‘त्यसैले यस पटकको दसैंमा उहाँ घरमै बस्नुहुन्छ । चिकित्सकको सल्लाहअनुसार संक्रमण फैलिने डरले उहाँ कसैको सम्र्पकमा जानुहुन्न । त्यसैले टीका कसैसँग पनि लगाउनुहुन्न र अरुलाई पनि लगाइदिनुहुन्न ।’ पहिले नेता खनाल दसैंमा गृहजिल्ला इलाम जाने गरेका थिए । 

यस्तै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको दसैं काठमाडौंमा नै हुने भएको छ । उनी परिवारसँगै नै दसैं मनाउने तयारी गरेका छन् । उनले आफ्नो बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गर्ने उनको स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । 

यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटक दसैं नमनाउने भएका छन् । उनका भाइको निधनको कारणले उनले दसैं नमनाउने भएका उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । अध्यक्ष ओली दसैं नमनाए पनि नवमीको दिन भने आफ्नो गृहजिल्ला झापा जाने भएका उनले जानकारी दिए । 

यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दसैंमा काठमाडौंमा नै मनाउने भएका छन् । उनका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपालले आफ्ना दाइ कृष्णकुमार पौडेलसँग टीका ग्रहण गर्नेछन् । उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि टीका लगाइदिने बताए । 

यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यसपटक दसैं नमनाउने भएका छन् । उनका स्वकीय सचिव चिरिञ्जीवि अधिकारीका अनुसार पौडेलका भाइ गोविन्द पौडेलको निधन भएकाले उनले यसपटक दसैं नमाउने भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु