कमल रावल/भदौ २, अछाम । जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारको लागि सरोकारवालाले एक साथ अघि बढने बताएका छन । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/भदौ २, अछाम । जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारको लागि सरोकारवालाले एक साथ अघि बढने बताएका छन । 
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य क्षेत्रको विकासका लागि हामि एक साथ अघि बढछौँ

२ भाद्र २०७३, बिहीबार १०:१३

कमल रावल/भदौ २, अछाम । जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारको लागि सरोकारवालाले एक साथ अघि बढने बताएका छन । 

स्वास्थ्य क्षेत्रमा जसरी प्रगती भईरहेको छ यो प्रगतिलाई अझै अग्रपत्तीमा पुरयाउनका लागि सबैले ठोस रणनितिका साथ अघि बढनु पर्नेमा जोड दिएका छन । आर्थिक वर्ष २०७२।७३ को जिल्ला स्तरिय बार्षिक कार्य प्रगती, समिक्षा तथा योजना तर्जुमा गोष्ठिको समापन कार्यक्रमका सहभागिले नेपालमै दोस्रो भएको जिल्ला स्वास्थ्यलाई अब पहिलो बनाउका लागि आफनो तर्फ सक्दो सहयोग गर्ने बताएका हुन ।

 जिल्लामा स्वास्थ्य सेवालाई भरपर्दो सर्वसुलभ बनाउनका लागि सबै राजनितिज्ञ तथा सरोकारवालाले सोच्नु पर्ने अबस्था आएको बताएका थिए । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कौशल राज शर्मा तिमिल्सैना प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रममा क्षेत्रिय स्वास्थ्य निर्देशनालयका दिपक अछामि, नेपाली काग्रेसका प्रकाश साँउद, नेकपा एमालेका चन्द्र बोहरा रहेका थिए ।  

यस्तै नेकपा माओवादि केन्द्रका मदन कुमार भुल रोशन, राप्रपाका तेज बहादुर बिष्ट, राष्ट्रिय जनमोर्चाका नन्दसिह बोहरा, न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल डाईरेक्टर विकास गौचन, पत्रकार महासघ अछामका सचिव शिवराज ढुगाना, गैसस महासघ अछामका अध्यक्ष खडक खडका, सबै स्वास्थ्य कर्मिको तर्फबाट सिनियर अहेब पुष्प बुढा लगाएतले प्रतिबद्धता सहितको मन्तव्य राख्दै आगामि दिनमा स्वास्थ्य क्षेत्रको बिकासका लागि आफनो तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रममा अछाम जिल्लाको समग्र २०७२।७३ को प्रस्तुती प्रस्तुत गर्दै जन स्वास्थ्य अधिकृत मुकेश अधिकारीले अछाम जिल्लामा खोप सेवा, प्रसुती सेवा लगाएतका सुचकमा जिल्लाले निकै उपलब्धी हासिल गरेपनि अझै पनी जिल्लामा १७ प्रतिशत कर्मचारीको अभाव नै रहेको जानकारी गराउनु भएको थियो । 

जिल्लामा प्रयाप्त बजेट अभावका कारणले औषधिको अभावका साथै जिल्लाका ७५ स्वास्थ्य संस्था मध्ये १३ गाबिसका स्वास्थ्य संस्थामा प्रसुती सेवा सञ्चालन हुन नसक्नु मुख्य चुनौती रहेको भनाई राख्नु भएको थियो । आगामि दिनमा स्वास्थ्य कर्मि आफनो सेवा दिन रात दिन तयार रहेकाले भौतिक पुर्वाधारका लागि जिल्लाका राजितिज्ञ तथा सरोकारवालाले सोच्नै पर्ने बेला आएको बताउनु भएको थियो । 

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर शरदचन्द्र बरालले अछाम जिल्लाले स्वास्थ्य क्षेत्रमा ल्याएको उपलब्धि ल्याउनु पछाडि जिल्लाका सबै महिला स्वास्थ्य स्वयसेविका, सबै जिल्ला देखि स्थानिय स्तर सम्मका स्वास्थ्य कर्मि, बयालपाटा अस्पताल, जिल्ला स्थित राजनितिक दल, पत्रकार, सहयोगि संस्था सबैको ठुला साथ रहेकाले आगामि दिनमा जिल्लालाई पहिलो बनाउनका लागि सबैलाई साथ दिन आग्रह गरेका थिए । 

३ दिन सम्म चलेको गोष्ठिले यस अघि गरेका काम समिक्षा र आगामि दिनमा गर्नु पर्ने कामको कार्य योजना तयार पारेको छ । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक झनक ढुगानाले गर्नु भएको हो । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला