कमल रावल/भदौ २, अछाम । जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारको लागि सरोकारवालाले एक साथ अघि बढने बताएका छन । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/भदौ २, अछाम । जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारको लागि सरोकारवालाले एक साथ अघि बढने बताएका छन । 
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य क्षेत्रको विकासका लागि हामि एक साथ अघि बढछौँ

२०७३, २ भाद्र बिहीबार १०:१३

कमल रावल/भदौ २, अछाम । जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारको लागि सरोकारवालाले एक साथ अघि बढने बताएका छन । 

स्वास्थ्य क्षेत्रमा जसरी प्रगती भईरहेको छ यो प्रगतिलाई अझै अग्रपत्तीमा पुरयाउनका लागि सबैले ठोस रणनितिका साथ अघि बढनु पर्नेमा जोड दिएका छन । आर्थिक वर्ष २०७२।७३ को जिल्ला स्तरिय बार्षिक कार्य प्रगती, समिक्षा तथा योजना तर्जुमा गोष्ठिको समापन कार्यक्रमका सहभागिले नेपालमै दोस्रो भएको जिल्ला स्वास्थ्यलाई अब पहिलो बनाउका लागि आफनो तर्फ सक्दो सहयोग गर्ने बताएका हुन ।

 जिल्लामा स्वास्थ्य सेवालाई भरपर्दो सर्वसुलभ बनाउनका लागि सबै राजनितिज्ञ तथा सरोकारवालाले सोच्नु पर्ने अबस्था आएको बताएका थिए । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कौशल राज शर्मा तिमिल्सैना प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रममा क्षेत्रिय स्वास्थ्य निर्देशनालयका दिपक अछामि, नेपाली काग्रेसका प्रकाश साँउद, नेकपा एमालेका चन्द्र बोहरा रहेका थिए ।  

यस्तै नेकपा माओवादि केन्द्रका मदन कुमार भुल रोशन, राप्रपाका तेज बहादुर बिष्ट, राष्ट्रिय जनमोर्चाका नन्दसिह बोहरा, न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल डाईरेक्टर विकास गौचन, पत्रकार महासघ अछामका सचिव शिवराज ढुगाना, गैसस महासघ अछामका अध्यक्ष खडक खडका, सबै स्वास्थ्य कर्मिको तर्फबाट सिनियर अहेब पुष्प बुढा लगाएतले प्रतिबद्धता सहितको मन्तव्य राख्दै आगामि दिनमा स्वास्थ्य क्षेत्रको बिकासका लागि आफनो तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रममा अछाम जिल्लाको समग्र २०७२।७३ को प्रस्तुती प्रस्तुत गर्दै जन स्वास्थ्य अधिकृत मुकेश अधिकारीले अछाम जिल्लामा खोप सेवा, प्रसुती सेवा लगाएतका सुचकमा जिल्लाले निकै उपलब्धी हासिल गरेपनि अझै पनी जिल्लामा १७ प्रतिशत कर्मचारीको अभाव नै रहेको जानकारी गराउनु भएको थियो । 

जिल्लामा प्रयाप्त बजेट अभावका कारणले औषधिको अभावका साथै जिल्लाका ७५ स्वास्थ्य संस्था मध्ये १३ गाबिसका स्वास्थ्य संस्थामा प्रसुती सेवा सञ्चालन हुन नसक्नु मुख्य चुनौती रहेको भनाई राख्नु भएको थियो । आगामि दिनमा स्वास्थ्य कर्मि आफनो सेवा दिन रात दिन तयार रहेकाले भौतिक पुर्वाधारका लागि जिल्लाका राजितिज्ञ तथा सरोकारवालाले सोच्नै पर्ने बेला आएको बताउनु भएको थियो । 

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर शरदचन्द्र बरालले अछाम जिल्लाले स्वास्थ्य क्षेत्रमा ल्याएको उपलब्धि ल्याउनु पछाडि जिल्लाका सबै महिला स्वास्थ्य स्वयसेविका, सबै जिल्ला देखि स्थानिय स्तर सम्मका स्वास्थ्य कर्मि, बयालपाटा अस्पताल, जिल्ला स्थित राजनितिक दल, पत्रकार, सहयोगि संस्था सबैको ठुला साथ रहेकाले आगामि दिनमा जिल्लालाई पहिलो बनाउनका लागि सबैलाई साथ दिन आग्रह गरेका थिए । 

३ दिन सम्म चलेको गोष्ठिले यस अघि गरेका काम समिक्षा र आगामि दिनमा गर्नु पर्ने कामको कार्य योजना तयार पारेको छ । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक झनक ढुगानाले गर्नु भएको हो । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी