२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो रहनेछ आज सहित आगामी तीन दिनको मौसम

२०७८, १ कार्तिक सोमबार ०३:३७

कात्तिक १, काठमाडौँ | बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको कारण हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक- दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ ।

आज देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरू मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना समेत रहेको छ ।

भोली देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा प्रदेश न २ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

पर्सि पनि देशभर सामान्य देखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो